काठमाडौं, २५ कार्तिक । चलचित्र निर्माता तथा नायक नवल खड्काको अध्यक्षताका नयाँ ‘चलचित्र निर्माता संघ नेपाल’ गठन भएको घोषणा गरिएको छ । नेपाली चलचित्रका निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघ हुँदा–हुँदै नवलको अध्यक्षतामा अर्को नयाँ संघ गठन बिहीबार विज्ञप्तिमार्फत जनाइएको हो । प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र निर्माताहरुको हितमा एउटा नेपालीहरुको चलचित्र निर्माता संघको निर्माण गर्नपर्छ भन्ने भएर नेपाल चलचित्र निर्माता संघ स्थापना भएको घोषणा गर्दछौं ।’
यस नयाँ संघमा चार उपाध्यक्ष क्रमशः उदय सुब्बा, लय संग्रौला, सुस्मिता केसी र हिक्मत थपलिया रहेका छन् भने महासचिवमा विमल पौडेल, सचिवमा मनोज श्रेष्ठ, र कोषाध्यक्षमा डिक खड्का रहेका छन् । कृषा चौलागाइँ कोषाध्यक्ष रहेको यस घोषित नयाँ संघको सदस्यमा मुनाल घिमिरे, अर्जुन कार्की, मदनकुमार इङ्नाम, गंगाप्रसाद पोखरेल, रामकृष्ण न्यौपाने, निरज ढकाल र भुपेन्द्र लिङ्देन रहेका छन् ।
हेर्नुस विज्ञप्ति