काठमाडौं, २५ कार्तिक । विश्वकै सबैभन्दा ठूलो थान्का सयम्भू पु-याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट -यालीसहित बिहीबार थान्का सयम्भू ल्याइएको थियो । थान्कालाई कपडाले छोपी गाडीमा राखेर एयरपोर्टबाट तीनकुने नयाँ बानेश्वर थापाथली, रत्नपार्क सहिदगेट हुँदै सयम्भू पु-याइएको थियो । नेपाल बौद्ध धर्म संरक्षण समितिको अगुवाइमा शुक्रबार र शनिबार राजधानीको दशरथ रंगशालमा यो विश्वकै सबैभन्दा ठूलो थान्का प्रदर्शनीमा राखिदैछ ।
शुक्रबार बिहान ८ बजे नै थान्का रंगशाला पु-याइने बताइएको छ । राजधानीपछि क्रमशः नोभेम्बर १९ र २० मा पोखरा र २५ र २६ तारिखमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा उक्त थान्का प्रदर्शनी गरिने आयोजक संस्थाका अध्यक्ष सोनम गुरुङले जानकारी गराए ।
यो थान्का नेपाललका अलावा जापान, अमेरिका, कम्बोडिया, दक्षिण कोरियालगायतका १० हजारभन्दा बढी व्यक्ति तथा कलाकारले करिब ८ वर्ष लगाएर तयार गरेको बताइएको छ । यो थान्का तयार गर्न ७ हजार मिटर कपडा प्रयोग भएको थियो भने ८१ टुक्रामा विभाजन गरिएको छ । उक्त प्रदर्शनी हुने थान्काको तौल १९०५ केजी रहेको छ ।
उक्त थान्कामा गौतम बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको जीवनचक्र चित्रित गरिएको सुर्यबहादुर थकालीले बताएका छन् । थकालीकै पहलमा जापानी नागरिक याुसतादा कतागिरीको सहयोगमा यो थानका तयार भएको हो । यस थान्का प्रदर्शनका लागि एनपिओ जापान र नेपाल पर्यटन बोर्डले सहकार्य गरेका छन् ।
तस्बिर : सुनिल राजभण्डारी/स्क्रीन नेपाल