काठमाडौं, २४ कार्तिक । विश्वकै सबैभन्दा ठूलो थान्का राजधानीमा प्रदर्शनी हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी थान्का प्रदर्शनीबारे जानकारी गराएको हो । नेपाल बौद्ध धर्म संरक्षण समितिको अगुवाइमा यही आउँदो शुक्रबार र शनिबार राजधानीको दशरथ रंगशालमा विश्वकै सबैभन्दा ठूलो थान्का प्रदर्शन हुने भएको हो । त्यसपछि क्रमशः पोखरा र लुम्बिनीमा पनि प्रदर्शनी गरिने जनाइएको छ । आयोजकका अनुसार नोभेम्बर १९ र २० मा पोखरा र २५ २६ तारिखमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सो थान्का प्रदर्शनी गरिने भएको छ ।
पत्रकार सम्मेलनमा बताइएअनुसार प्रदर्शनी हुने थान्का नेपाललका अलावा जापान, अमेरिका, कम्बोडिया, दक्षिण कोरियालगायतका १० हजारभन्दा बढी व्यक्ति तथा कलाकारले करिब ८ वर्ष लगाएर तयार गरेका हुन् । विज्ञप्तिका उल्लेख गरेअनुसार उक्त थान्का तयार गर्न ७ हजार मिटर कपडा प्रयोग भएको थियो भने ८१ टुक्रामा विभाजन गरिएको छ । उक्त प्रदर्शनी हुने थान्काको तौल १९०५ केजी रहेको बताइएको छ ।
सो थान्कामा बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको जीव्नचक्रलाई चित्रित गरिएको छ ।
यसअघि सन् २०१२ को अक्टुवरमा विश्वकै सबैभन्दा ठूलो थान्का प्रदर्शन गरिएको थियो । त्यसको समेत रकर्ड तोड्दै यसपटक एनपिओ जापान र नेपाल पर्यटन बोर्डको सहकार्यमा थान्का प्रदर्शन गर्न लागिएको हो । यो थान्का सुर्यबहादुर थकालीको पहलमा जापानी नागरिक (उनका मित्र) याुसतादा कतागिरीको सहयोगमा तयार भएको हो । photo By Sunil Rajbhandari