मानदेवको ‘पहिलो पथ’ सार्वजनिक
screennepal
प्रकाशित: २०७३, १२ कार्तिक शुक्रबार
no img

mandev-1

काठमाडौं, १२ कार्तिक । गायक मानदेव ताजपुरियाको ‘पहिलो पथ’ सार्वजनिक भएको छ । संगीतकार नरहरि प्रेमीको एकल संगीतमा रहेको यस एल्ब्मलाई म्यूजिक खबर डटकमको आयोजनामा राजधानीको बिहीबार वरिष्ठ संगीतकार राजु सिंह, चर्चित गीतकार, कवि डा. नवराज लम्साल, नेपाल सांगीतिक संघका महासचिव संगीतकार सन्तोष श्रेष्ठलगायतले सार्वजनिक गरे ।
एल्बम ‘पहिलो पथ’ मा अन्जु पन्त, सञ्जीवनी, अनुराधा पौडेलको संयुक्त स्वरलाई पनि समावेश गरिएको छ । एल्बममा मिनसागर लामा, किरण खरेल, डा.भोला रिजाल, डा. नवराज लम्साल, लोकराज अधिकारी, आदर्श सुशील, दिनेश गजमेरको शब्द रचना रहेको छ । हाम्रो माया, भुलौं भुलौं, झ्याप्पै, फिर्ता लिन, सबले मलाई, छालजस्तै र मिलन पछिको बोलको गीत समावेश रहेको छ । एल्बमलाई भाइब्स क्रियशनले बजार प्रबद्र्धन गरेको छ ।

Comments