राधिकाको ‘जूनसँगै’ सनम–कुसुम (भिडियो)
screennepal
प्रकाशित: २०७३, ७ कार्तिक आईतवार
no img

काठमाडौं, ७ कार्तिक । हिजोआज नेपाली सांगीतिक क्षेत्रमा युवापुस्ताको झुकाव बढ्दै गएको छ । यसैक्रममा राम्रो सम्भावना लिएर गायन क्षेत्रमा उदाएका छन् सबिर ऐर । सविरले गाएको ‘मेरो जूनसँगै’ बोलको गीतको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ । जसमा सञ्चारकर्मी तथा गीतकार राधिका अधिकारीको शब्द रहेको छ ।
यस गीतमा युवापुस्ताका चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् भने भिडियोलाई जनक सिंहले निर्देशन गरेको हुन् । भिडियोमा मोडल सनम कठायत र कुसुम राईले मोडलिङ गरेका छन् । उत्सव दाहालले खिचेको यस भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । परुधन ऐरको प्रस्तुतिमा निर्माण भएको उक्त गीतलाई एभरेस्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको हो ।

Comments