हलिउड फिल्ममा दीपिकाको जबरजस्त एक्शन (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७३, ५ कार्तिक शुक्रबार
no img

deepika_v

मुम्बई, ५ कार्तिक (एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोणको पहिलो हलिउड फिल्म xXx : Return Of Xander Cage को ट्रेलर रिलिज भएको छ । ‘बिग बोस’ को प्रीमियरमा अभिनेता सलमान खानको सहभागीमा दीपिकाको यस फिल्मको ट्रेलर लन्च गरिएको हो ।
फिल्म ट्रेलरको इन्डियन भर्र्सनमा पूरै दीपिकालाई देखाइएको छ । सायद इन्डियामा रिलिज गरिुएकाले पनि हुनसक्छ । ट्रेलरमा दीपिका हरेक सीनमा छिन् । यसो हेर्दा लाग्छ फिल्ममा पूरै दीपिका छाएकी छन् । यो गलत नहुन पनि सक्छ किनकि, दीपकाले पनि यस फिल्म्का लागि सक्दो मिहिनेत गरेको बताएकी छन् । यो फिल्म आउँदो वर्षको जनवरीमा रिलीज हुने भएको छ । फिल्ममा दीपिकाको भूमिकाको नाम सेरेना हुन्छ । ट्रेलरमा दीपिकाको जबरजस्त स्टन्ट देखिन्छ । xXx : Return Of Xander Cage भारतमा अंग्रेजीका अलावा हिन्दी, तमिल र तेलगूमा पनि रिलीज हुने भएको छ ।

Comments