१५ बर्षपछि फेरी ‘राजेन्द्रलक्ष्मी’
screennepal
प्रकाशित: २०७३, ११ आश्विन मंगलवार
no img

काठमाडौं, ११ असोज । रानी राजेन्द्रलक्ष्मी शाहको जीवनकथामा नाटक मञ्चन भइरहेको छ । नेपालमा लामो समयसम्म शासन गर्ने रानी राजेन्द्रलक्ष्मी नै हुन । यिनी राजा प्रतापसिंहकी पत्नी हुन् भने पृथ्वीनारायण शाहकी बुहारी । ससुरा पृथ्वीनारायण शाहले एकिकरणको अभियानलाई सफल पार्न आफै राजेन्द्रलक्ष्मी युद्धमा होमिएको पाइन्छ । रामकेशर बस्नेत, सेनानी अमर सिंह थापा, अभिमान सिंह बस्नेतलगायतका सेनाको बलमा यिनले चौबिसे राज्यहरुलाई एकिकरण गरि गोर्खालीलाई शक्तीशाली राज्यको परिचय बनाएकी थिइ्न ।

khwapa-7
वि.स. १८४० को हाराहारीको यो ऐतिहासिक घटनालाई ख्वापा नाटक घरमा मञ्चन भइरहेको छ । बरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लद्धारा लिखित नाटक ‘राजेन्द्रलक्ष्मी’ मञ्चन भइरहेको छ । प्रचण्ड मल्लले यो नाटक २०५८ सालमा मञ्चन गराएका थिए । हाल संसद भवन रहेको ठाउँमा उक्त नाटक देखाइएको थियो । यो नाटक तत्कालीन राजा विरेन्द्रसहित राजपरिवारले हेरेका थिए । त्यही नाटक ख्वापा नाटकघरमा असोज ८ गतेबाट शुरु भएकको छ ।
प्रदीप खड्गी पासा र भोला अधिकारीद्धारा निर्देशन गरिएको नाटक असोज १५ गतेसम्म मञ्चन हुने बताइएको छ । मञ्चनको शुरुवातबाटै दर्शकको राम्रो साथ नाटकले पाएको छ । राजेन्द्रलक्ष्मीको भुमिकामा उमा तामाङले गरेकी छन्  । उनको अभिनय निकै सशक्त पाइन्छ । जीवन्त अभिनय उमाले यस नाटकमा गरेकी छन् । नाटकमा उमा तामाङ, रामकृष्ण श्रेष्ठ, अर्जुन बोहोरा,प्रदिप खड्गी (पासा), दीपुमाया तामाङ, सम्झना मगर, रबि कार्की, सुरेन्द्र कटुवाल, रिभा तामाङ, रोशन डोटेल, सम्पुर्ण भण्डारी, सुमित्रा मगर, प्रीदप नेपाल र भोला अधिकारीको अभिनय रहेको छ ।

Comments