०६४ सालमा द हाइल्याण्ड आर्ट कम्पनी स्थापना गरेर कल्पनाले ढाका कपडा उत्पादन सुरु गरेकी थिइन् । कम्पनी सुरु गर्दाताकालाई स्मरण गर्दै कल्पना भन्छिन्, ‘थोरै लगानीमा द हाइल्याण्ड आर्ट सुरु गरेकी हुँ । त्यो समयमा २२ घण्टासम्म म आफै खटेकी छु ।’ हुन त उनी अहिले पनि खटिरहेकी हुन्छिन् । तर, पहिलेको जस्तो खटाइ छैन । ‘अहिले पनि १८ घण्टा मेरो खटाइ छ’ उनले भनिन्, ‘तर, त्यो बेलाको खटाइ र अहिलेको खटाइमा फरक छ ।’
– एमपी सुब्बा
काठमाडौं, ७ असोज । केही साताअघि बलिउड अभिनेता सत्रुघ्न सिन्हा राजधानीमा ढाका कपडाको गलबन्दीमा चिटक्कै देखिए । एक फिल्म अवार्डमा सहभागी हुन यहाँ आएका सिन्हाको गलामा सजिएको त्यो ढाका गलबन्दी थियो, द हाइल्याण्ड आर्टको उत्पादन । अभिनेता सिन्हालाई मात्र नभई अधिकांश सेलिबे्रटी र अतिथिहरुलाई सो कार्यक्रममा ढाका गलबन्दीले सत्कार गरिएको थियो, जसको प्रायोजन द हाईल्याण्ड आर्ट अर्थात् हिमायलन कला तथा कल्पना ढाका बुटिककी प्रोपाइटर एवं फेसन डिजाइनर कल्पना योङ्हाङले गरेकी थिइन् । उक्त कार्यक्रममा ढाका पहिरनले राम्रै चर्चा पाएको थियो । ढाकाको चर्चा हूँदा कल्पना खुसी नहुने कुरै भएन ताकि, ढाका पहिरनको लोकप्रियता यहाँसम्म हुनुमा उनै कल्पनाको योगदान छ ।
हो, पछिल्लो समय हाते तानबाट बुनेको ढाका पहिरनले जनमानसमा लोकप्रियता कमाउँदै गएको छ । कुनै समय किराती समुदाय (राई/लिम्बू)ले मात्र लगाउने भनेको ढाका हिजोआज सेलिब्रेटीहरुका लागि समेत प्रिय बन्न थालेको छ ।
नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारसम्म ढाका कपडा तथा पहिरनको लोकप्रियता बढ्दै जानुमा आफ्नो ठूलो संघर्ष र योगदान रहेको कल्पना बताउँछिन् । हुन पनि उनले ढाका कपडा प्रवद्र्धनमा निरन्तर ढेड दशकभन्दा बढी बिताइसकेकी छन् । कल्पना भन्छिन्, ‘सुरुमा त ढाका कपडाले यस्तो बजार लिन्छ जस्तो कसैले सोचेका थिएनन् । तर, मेरो निरन्तर प्रयासले आज हाते तानबाट बुनेको ढाकाले अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा पाउन थालेको छ । म एकदमै खुसी छु ।’
०६४ सालमा द हाइल्याण्ड आर्ट कम्पनी स्थापना गरेर कल्पनाले ढाका कपडा उत्पादन सुरु गरेकी थिइन् । कम्पनी सुरु गर्दाताकालाई स्मरण गर्दै कल्पना भन्छिन्, ‘थोरै लगानीमा द हाइल्याण्ड आर्ट सुरु गरेकी हुँ । त्यो समयमा २२ घण्टासम्म म आफै खटेकी छु ।’ हुन त उनी अहिले पनि खटिरहेकी हुन्छिन् । तर, पहिलेको जस्तो खटाइ छैन । ‘अहिले पनि १८ घण्टा मेरो खटाइ छ’ उनले भनिन्, ‘तर, त्यो बेलाको खटाइ र अहिलेको खटाइमा फरक छ ।’ हिजोआजको उनको खटाइ भनेको ढाका पहिरनको माग पूरा गर्नु हो ।
लगातार खटाइ र मिहिनेतकै कारण आज उनलाई व्यापारिक मान–सम्मान त पाउँदै आएकी छन् नै उनलाई राष्ट्रले समेत उत्कृष्ट महिला उद्यमीको रुपमा सम्मान गरिसकेको छ । यस्तै, उनको द हाएल्याण्ड आर्टलाई नेपाल सरकारले ‘टे«डमार्क’ प्रदान गरेको छ । त्यही ट्रेडमार्कले गर्दा कल्पनालाई नेपाली ढाकाको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्न सजिलो भएको छ ।
०६४ देखि ०७३ सालसम्म आइपुग्दा द हाइल्याण्ड आर्टले के कस्ता प्रगति ग¥यो त ? यो प्रश्नको जवाफ कल्पनाले एकसाथ दिन सक्दिनन् किनकि, नेपाली ढाकाले लागि उनले यति धेरै काम गरिसकेकी छन्, जसको कुुरा गर्न सम्झिनै उनलाई समय लाग्छ । ढाका कपडा उत्पादनसँगै कल्पना ढाका बुटिकमार्फत विभिन्न ढाकाको पहिरनसमेत डिजाइन गर्दै आएकी कल्पनाले भनिन्, ‘नेपालमा मात्र नभएर विदेशमा ढाका पु-याएकी छु । अहिलेसम्म कति कार्यक्रम गरेँ, त्यसको त गन्ती नै हुन छाड्यो ।’
पछिल्लो समय ढाका पहिरनको यति लोकप्रियता बढ्दै गएको छ कि क्षेत्रीयदेखि राष्ट्रियस्तरका कार्यक्रमहरुमा समेत ढाका पहिरनमा सजिएका नेतादेखि अभिनेतासम्म र नेतृदेखि अभिनेत्रीसम्म भेटिन थालेका छन् । जसको श्रेय र योगदान द हाइल्याण्ड आर्टलाई जान्छ । त्यसो त यहाँ थुप्रै यस्ता पौरखी छन्, जो ढाकाकै प्रवद्र्धनमा जुटिरहेका छन् । तर, द हाइल्याण्ड र कल्पनाको निरन्तर लगाव तथा संघर्षको प्रतिफलस्वरप अहिले नेपाली ढाका पहिरनको अन्तर्राष्ट्रिय बजारमा समेत माग बढिरहेको छ ।
बच्चादेखि बृद्ध–बृद्धासम्मका लागि ढाका कपडाको पहिरन डिजाइन गर्दै आएको कल्पना ढाका बुटिकले विभिन्न स्थानमा फेसन शोहरु गरिसकेको छ । ‘ढाका पहिरनको फेसन शो गर्नुको एउटै उद्देश्य हो, ढाकाको प्रवद्र्धन गर्नु’ कल्पना भन्छिन्, ‘यसरी रातदिन नलागेको भए ढाकाको लोकप्रियता कहाँ अहिलेजस्तो हुन्थ्यो र ?’
हन पनि पछिल्लो समय ढाका पहिरनको यति लोकप्रियता बढ्दै गएको छ कि क्षेत्रीयदेखि राष्ट्रियस्तरका कार्यक्रमहरुमा समेत ढाका पहिरनमा सजिएका नेतादेखि अभिनेतासम्म र नेतृदेखि अभिनेत्रीसम्म भेटिन थालेका छन् । जसको श्रेय र योगदान द हाइल्याण्ड आर्टलाई जान्छ । त्यसो त यहाँ थुप्रै यस्ता पौरखी छन्, जो ढाकाकै प्रवद्र्धनमा जुटिरहेका छन् । तर, द हाइल्याण्ड र कल्पनाको निरन्तर लगाव तथा संघर्षको प्रतिफलस्वरप अहिले नेपाली ढाका पहिरनको अन्तर्राष्ट्रिय बजारमा समेत माग बढिरहेको छ ।
ढाका कपडा तथा पहिरनको माग बढ्दै गएपछि द हाइल्याण्ड आर्टलाई त्यसको पूर्ति गर्नसमेत गाह्रो हुन थालेको छ । कल्पनाका अनुसार अहिले द हाइल्याण्ड आर्टमा ११३ जना ढाका कपडा उत्पादनमा रातदिन खटिरहेका छन् भने कल्पना बुटिकसँग ९ जना कर्मचारी (कालिगढ) छन्, जो कल्पनाले डिजाइन गरेका पहिरन तयार गर्छन् ।
द हाइल्याण्ड आर्टमार्फत कल्पना ढाका बुटिकले अष्ट्रेलिया, नेदरल्याण्ड, सिंगापुर, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, बेल्जियम, क्यानडालगायत विश्वको कुना–कुनामा आफ्नो ढाका उत्पादन तथा पहिरन पु¥याएको छ । तीमध्ये केही मुलुकमा त द हाइल्याण्ड आर्टको शोरुम नै स्थापना गरिसकेको छ र केकी देशमा चाँडै खोल्ने कल्पनाले सुनाइन् । लामो समय ढाका कपडा रिसर्चमा खर्चिएकी कल्पनालाई राज्यले समेत ‘ढाकाविज्ञ’ उपाधि दिइसकेको छ । यिनै ढाकाविज्ञ तथा महिला उद्यमी कल्पना भन्छिन्, ‘मेरो उद्देश्य भनेको जहाँ नेपाली त्यहाँ ढाका पहिन भन्ने हो । यस मेरो लक्ष्यमा सबैको साथ र सहयोगले सफल पनि हुँदै आएकी छु ।’