ड्राइगनमा ‘टुरिजम एण्ड ह्याण्डि क्राफ्ट एक्स्पो’ हुँदै
screennepal
प्रकाशित: २०७३, २ आश्विन आईतवार
no img

काठमाडौं, २ असोज । नेपालीको घर–आँगनमा दशैं नजिकिँदै गर्दा विभिन्न व्यापार मेलाहरु पनि लाग्न थालेका छन् । यस्तै, नेपाली कला तथा ह्याण्डि क्राफ्टलाई लक्षित गदैं ‘टुरिजम एण्ड ह्याण्डि क्राफ्ट एक्स्पो–२०१६’ हुने भएको छ । यो एक्स्पो ड्राइगन टुरिस्ट मार्केट नेपाल र डि–कर्मठ नामक संस्थाले संयुक्त रुपमा गर्न लागेका हुन् ।

eee

आयोजक संस्था ड्राइगन मार्केटका अनुसार एक्स्पो यही असोज ६, ७ र ८ गते सोह्रखुट्टेस्थित ड्राइगन मार्केटको भवनमा चल्नेछ । आयोजकमध्ये ड्राइगन मार्केटका सञ्चालक किसन सिंहले भने, ‘यो मेला नेपाली बजारलाई लक्षित गर्दै आयोजना लागेका हौं ।’ थान्का, मूर्ति तथा हस्तकला भन्ने वित्तिकै नेपालीले विदेशीका लागि मात्र भन्ने सोच भएकाले नेपाली बजारमा प्रवद्र्धन गर्न एक्स्पो गर्न लागेको पनि उनले बताए । एक्स्पोमा थान्का, मूर्तिलगायतका हस्तकला प्रदर्शनी तथा सुफत मूल्यमा विक्री वितरण गरिने उनले बताए । ‘थान्का तथा मूर्ति भन्ने वितिकै महँगो पर्छ भन्ने नेपाली मानसिकता छ’ उनले भने, ‘त्यसैले नेपाली उत्पादन नेपाली बजारमा जान सकेको छैन । त्यसैको प्रवद्र्धन गर्न एक्स्पो गर्न लागेका हौं ।’ उक्त एक्स्पोमा ४० हजार रुपैयाँ पर्ने थान्का तथा मूर्तिलाई २५ हजारसम्ममै बिक्री गर्ने उनले बताए ।’

ek
किसनले भने, ‘अहिलेसम्म हाम्रो बजार विदेशमै सिमित हुँदै आएको छ । तर, अब नेपाली बजारमा पनि नेपाली हस्ताकलाको प्रयोग होस् भन्ने हामी चाहन्छौं । यसो गर्दा कलाकारको पनि सम्मान हुन्छ ।’ तीन दिन चल्ने एक्स्पोमा कलाकारको पनि सहभागिता रहने भएको छ ।

तस्बिर : सुनिल राजभण्डारी

Comments