सुनिल बर्देवाको अन्तिम विदाई (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, २९ भाद्र बुधबार
no img

14274421_1450423591651486_723096048_oकाठमाडौं, २९ भदौं । ‘गोरेटो अनि उस्तै छ गल्लि’जस्ता दर्जनौ चर्चित गीतका गायक तथा संगीतकार सुनिल बर्देवा हामी माझ रहेनन् । मंलबार साँझ यस धर्तीबाट सधैका लागि अन्तिम सास फेरेका सुनिलको बुधबार पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कुसल गिटारिस्ट तथा एरेञ्जरसमेत रहेका सुनिलको पार्थिव शरीरलाई  अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो १ बजेदेखि ३ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीका राखिएका थियो । ‘गोरेटो अनि उस्तै छ गल्लि’ यही उनको लोकप्रिय गीत गाएर सुनिललाई श्रद्धाञ्जली चढाइएको थियो ।

14348789_1450424941651351_721663857_n

युवापुस्ताका लोकप्रिय गायक सुनिललाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कलाकार तथा सर्वसाधारणको भीड लागेको थियो । सुनिलको पार्थिव शरीरलाई नेपाल संगीतकार संघको झण्डा ओढ्याएर सम्मान गरिएको थियो ।

14329385_1109417222472669_1334709764_o
पप संगीतको एक मेरुदण्ड सुनिल गायनमा मात्र नभई गीत लेखन, संगीत, संगीत संयोजनलगायत राम्रो बाद्यबाधक थिए । मंगलबार अचानक बिरामी परेपछि त्रि.वि. शिक्षण अस्पताल भर्ना गरिएका उीमा जन्डिस संक्रमण देखिएका थियो । उनको उपचारकै क्रममा निधन भएको थियो । सुनिलकोे एक छोरा र दुर्ई छारी छन् ।

14303793_1109418055805919_1403516055_o

Comments