रसिकले ल्याए ‘हावाफल्ने रुख’
screennepal
प्रकाशित: २०७३, २५ भाद्र शनिबार
no img

काठमाडौं, २६ भदौं । पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकको बालचित्र कथाकृति ‘हावा फल्ने रुख’ बजारमा आएको छ । उनको यो पाँचौं साहित्यिक कृति हो । हावाफल्ने रुख स्वदेश प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो ।

hawa-p-rukh
नेपाली र अंग्रेजी दुवैमा अनुदित यस बालचित्र कथा कृतिमा विगतमा भारतले नेपालमामाथी गरेको नाकाबन्दका घटनालाई लिएर सुक्ष्म तरिकाले बन्यजन्तुको कथामार्फत बालबालिकाले सजिलै बुझ्न सक्ने गरि प्रस्तुत गरिएका छन् । चित्रकथामा रानी बन र छीमेकी बतासे जङ्गलकाका माद्यामबाट रानी वनका जीव जन्तुले भोग्नु परेको पीडा र समस्या उजागर गरेका छन् । बतासे जङ्गलको इशारा अनुसार रानीबनका जीवजन्तुका शाषक नचल्दा बतासे जङ्गलका हृसक शासकले रानी बनमा बहने हावा नै बन्द गरिदिएको घटना कथामा चित्रित छ ।
रानीबनका शाषक र जीवजन्तुमा श्वास फेर्न कठिनाई भएको घटना उजागर गरेका छन् । छिमेकी जङ्गलबाट बहने हावा बन्द गरिदिएपछि रानीबनका शाषक र जीवजन्तु मिलेर रानीबनमै हावा फल्ने रुख रोपेर उनीहरु आत्म निर्भर बनेर ढुक्क साथ जीवन यापन गरेको घटना चित्रकथामा प्रस्तुत गरिएको छ । बालबालिकाको मष्तिस्कमा आत्म निर्भर बन्न सके कसैले हेप्न सक्दैनन् भन्ने ज्ञान बालचित्र कथा हावा फल्ने रुखले दिएको छ । कृतिको चित्र मनि कुमार थिङर अनुवाद रमेश दनेखु ले गरेका हुन् । चित्रकथाको मुल्य ९० रुपैयाँ रहेको छ ।
यस अघि स्रष्टा रसिकले बाल साहित्यको क्षेत्रमा ‘एलियनको पृथ्वी भ्रमण’ बालकथा सङ्ग्रह बजारमा ल्याएका थिए । उनका तारापुञ्ज फाचल कृति र दुई गजल कृतिहरु हृदयस्पर्शीछालहरु र काफिया प्रकाशित छन् ।

कृति : हावा फल्ने रुख
कथाकार : जितेन्द्र रसिक
विधा : बालचित्र कथा
प्रकाशक :  स्वदेश प्रकाशन प्रा.लि.
मूल्य रू ९०/–

Comments