राजधानीमा ४० देशका जलरंगी कलाकारको प्रदर्शनी हुँदै
screennepal
प्रकाशित: २०७३, १९ भाद्र आईतवार
no img

काठमाडौं, १९ भदौं । अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटी नेपाल च्याप्टरको आयोजनामा ४० देशका २५० जलरंगी चित्रकारका कलाकृतिको प्रदर्शनी काठमाडौंमा हुन लागेको छ । नोभेम्बर ३ देखि १० सम्म नेपाल आर्ट काउन्सिलमा हुने सो प्रदर्शनीमा चालिस देशका कलाकार जमघट हुन लागेको सोसाइटीका उपाध्यक्ष लालकाजी लामाले बताए । २ सय विदेशी र ५० नेपाली कलाकार सहभागी रहने सो प्रदर्शनीले नेपाली कलालाई विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने लामाले जनाए । सो प्रदर्शनीमा सहभागी हुन ३५० विदेशी कलाकारले कलाकृति पठाएकोमा २०० जनाको मात्रै छनौट गरिएको छ ।

jjj
८० देशमा शाखा रहेको अन्तर्राष्ट्रिय वाटरकलर सोसाइटीको नेपाल च्याप्टरले विभिन्न च्यारिटीमार्फत सामाजिक कार्यमा सहयोग जुटाउँदै आएको छ । यो प्रदर्शनीले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र नेपाली कलाकारलाई विश्वमा चिनाउने उद्देश्य राखिएको नेपाल च्याप्टरका अध्यक्ष एन.बि गुरुङले बताए ।
अमेरिका, चीन, भारत, स्पेन, अस्टे«लिया, थाइलैण्ड, मलेसिया, म्यान्मार, बंगलादेश, पाकिस्तान, टर्की, इण्डोनेसिया, फिनल्याण्ड, ग्रीस, चेक रिपब्लिकन, बुल्गेरिया, बेलारुस, सिंगापुर, बेलारुस, रसिया, मेक्सिको, इरान, अल्बानिया, अष्ट्रिया, लाटभिया, कोसोभो, ताइवान, सुडान, कोरिया, मेसेडोनिया लगायतका देशका २०० कलाकारका २०० कलाकृति प्रदर्शनीमा राखिने अध्यक्ष गुरुङले बताए ।

jjjjj
सो प्रदर्शनीमा नेपालबाट मदन चित्रकार, रागिनी उपाध्याय, दुर्गा बराल, के.के. कर्माचार्य, लालकाजी लामा, देवेन्द्र थुम्केली, एन. बि. गुरुङ, केशव राज खनाल, डि. राम पाल्पाली, दिपेन्द्र बनेपाली, भीम श्रेष्ठ, दामोदर बराल, डि. बि. राई, विनोद गुप्ता, सुरेश स्याङतान, सूर्य बराइली, विश्व पराजुली, अनिता खनाल भटट्राई लगायत ५० कलाकार प्रदर्शनीमा सहभागी रहने अध्यक्ष गुरुङले जनाए ।
एक हप्ते प्रदर्शनीसँगै कास्कीको घान्द्रुकमा दुईदिने ‘ओपन एअर चित्र कार्यशाला’ समेत गर्न लागिएको गुरुङले बताए । यस प्रदर्शनीले नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा लैजान, पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक प्रचार प्रसार गर्न महत्वपूर्ण हुनेमा विश्वस्त रहेको उपाध्यक्ष लामाले बताए । लामाले थपे, ‘नेपाली र विदेशी कलाकार बीचको सम्बन्धका साथै सिर्जनात्मक अवस्थाको आदानप्रदान हुने र त्यसले नेपाली कलाकारलाई अन्तर्राष्ट्रिय टे«नका बारेमा थाहा हुनेछ ।’
प्रदर्शनी नेपाली कलाक्षेत्रमै ऐतिहासिक हुने बताउँदै अध्यक्ष गुरुङले भने, ‘संस्कृति, पर्यटन, नेपाली कलाको बजारीकरण प्रवद्र्धनमा यो प्रदर्शनी कोसेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं ।’
प्रदर्शनीमा सहभागी कलाकारको कलाकृति र परिचयसहितको पुस्तक समेत प्रकाशन गर्न लागिएको छ । त्यस्तै नेपालका विभिन्न सरकारी तथा अन्य संघसंस्थाको सहकार्यमा प्रदर्शनीलाई भव्य बनाउन लागिएको गुरुङले बताए ।

Comments