काठमाडौं, १९ भदौं । पछिल्लो समय सौदर्य प्रतियोगिताका बिजेताहरु सामाजिक काममा पनि सक्रियता हुन थालेका छन् । यस्तै, ‘मिस नेवाः२०१६’की एञ्जिला श्रेष्ठ र ‘मिस नेवाः२०१५’की सुनिता डंगोलले महिलाहरुलाई स्तन तथा पाठेघर परिक्षण गराएका छन् ।
महिलाहरुलाई बिभिन्न स्वाथ्य सेवा दिने उदेश्यले नेपाल अर्बुद्ध रोग निवारण संस्था काठमाडौ शाखाको आयोजनामा कीर्तिपुरको पाँगामा आयोजित कार्यक्रममा करिब ३ सय १५ जना महिलाले स्वास्थ सेवा लिए ।
शिविरमा क्षेत्रपार्टी चिकित्सालयका डा. चन्द्रलक्ष्मी श्रेष्ठ, डा. इन्दिरा सत्याल, डा.दीपा क्षत्री, डा. रिमा श्रेष्ठको टोलीले सहभागीको स्वास्थ परीक्षण गरेका थिए । पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाको पहलमा आयोजित शिविरमा नेपाल अर्बुद्ध रोग निवारण संस्था काठमाडौ शाखाका सभापति अजयसिंह सुवालले महिलाहरुमा स्तन तथा पाठेघरको समस्य दिन प्रतिदिन बिकराल देखिदै गएकोले जनचेतना र सेवाका लागि संस्थाले बेलाबेलामा शिविर आयोजना गर्ने गरेको बताए ।
कार्यक्रममा अर्बुद्ध रोग निवारसंस्था काठमाडौ साखाका निर्वतमान सभापति भागवत श्रेष्ठ, सचिव दिब्यलक्ष्मी बज्राचार्य, कोषाध्यक्ष श्रीकृष्ण महर्जन, उपसभापति हरिगोपाल प्रधान, सदस्य जुना श्रेष्ठ, बिरेन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति थियो । करिब ५ घन्टा चलेको शिविरमा सभापति अजयसिंह सुवालले शिविर संचालनमा सहयोग गर्ने संस्था तथा बिभिन्न ब्यक्तिहरुलाई मायाको चिनोले सम्मान गरे ।