सकियो पोष्ट प्रोडक्शन, रिलिजको तयारीमा ‘तारेभीर’
screennepal
प्रकाशित: २०७३, १९ भाद्र आईतवार
no img

काठमाडौं, १९ भदौं । नेपाली कथानक चलचित्र ‘तारेभीर’को पोष्ट प्रोडक्शन सकिएको छ । डबिङ कार्य सकिएसँगै चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्शन सकिएको हो । अब चलचित्र प्रदर्शनका लागि तयारी भएको निर्माणपक्षले जनाएको छ । ‘चलचित्रको डबिङ सकियो’ चलचित्रका निर्माता देउकृष्ण देवनले भने, ‘अब हामी प्रदर्शनको तयारीमा लाग्नेछौं ।’ प्रदर्शन मिति भने निश्चित हुन बाँकी रहेको उनले बताए । देवनले भने, ‘मिति निश्चित भएको छैन । तिहारलगत्तै रिलिज गर्ने सोच छ ।’

tareveer
निर्देशकदेखि नायक तथा नायिकाको डेब्यु ‘तारेभीर’ निर्माणपक्षकै लागि महत्वकांक्षी चलचित्र सावित भएको छ । यसै चलचित्रमार्फत बरिष्ठ कलाकार प्रेम सुब्बा निर्देशनमा डेब्यु गर्दैछन् । त्यसैले निर्देशक सुब्बाका लागि ‘तारेभीर’ आफ्नो फिल्मी करिअरकै महत्वकांक्षी बनेको छ । दर्जनौ चलचित्रमा अभिनय गरिसकेका निर्देशक सुब्बाले भने, ‘यो चलचित्र मेरो लागि अति महत्वपूर्ण छ किनकि यो मेरो डेब्यु निर्देशनको चलचित्र हो ।’ निर्माता देवनका लागि त महत्वकांक्षी नहुने कुरै भएन । ‘मैले यो चलचित्रका लागि लाखौं खर्च गरेको छु’ देवनले भने, ‘त्यसैले मेरो लागि यो चलचित्र तारेभीर नै भएको छ ।’
त्यस्तै, ‘तारेभीर’ नायिकाद्वय विष्णु चेम्जोङ र रेखा फागोका लागि झनै महत्वपूर्ण छ किनकि, ‘नेपाल स्टार’समेत रहेकी गायिका तथा नायिका विष्णु पहिलोपटक ‘तारेभीर’ मा एक्शन भूमिकामा देखिँदेछिन् । ‘निशानी’लगायतका चलचित्रमा अभिनय गरिसकेकी विष्णु यस चलचित्रमा प्रहरी निरीक्षकको भूमिकामा देखिँदैछिन् ।
यस्तै, रेखाको यो डेब्यु चलचित्र हो । ‘मिस लिम्बू–२०१४’ मा ‘बेस्ट स्किन अवार्ड’ पाएपछि मोडलिङमा सक्रिय भएकी रेखाले थुपै्र म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । त्यसैले पनि रेखाका लागि ‘तारेभीर’ ड्रिम प्रोजेक्ट मानिन्छ । आफ्नो डेब्यु चलचित्र ‘तारेभीर’बारे रेखाले भनिन्, ‘यो मेरो पहिलो चलचित्र हो, यसै चलचित्रले मेरो करिअर निर्धारण गर्नेछ ।’ नारीप्रधान तथा राष्ट्रियभावना केन्द्रीत भनिएको ‘तारेभीर’ मा निर्देशक सुब्बा पनि प्रहरी अधिकृतको भूमिकामा देखिँदैछन् । यस चलचित्रलाई निर्देशक सुब्बा एक्शन तथा नारीप्रधान चलचित्र भन्न रुचाउँछन् ।

tareveer (2)

निर्माणपक्षका अनुसार यो फस्टलुक होइन ।

नेक्स्ट जेनेरेशन इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस चलचित्रमा सरिता लिम्बू र विनय देवनको सह–निर्माण रहेको छ ।
चलचित्रमा प्रेम सुब्बा, विष्णु चेम्जोङ, रेखा फागो र नविन कार्कीका अलावा देउकृष्ण देवन, दीपेश श्रेष्ठ, मञ्जु श्रेष्ठ, रञ्जित राना, रमेश कार्कीलागायको पनि मुख्य अभिनय छ ।
युवराज राईको छायांकन, जनक गुरुङको द्वन्द्व तथा गोविन्द राई र दिनेश माङ्मुको नृत्य निर्देशन रहेको ‘तारेभीर’ मा गीत एवं संगीत प्रकाश गुरुङ, सनुप पौडेल, ब्रविम शेर्मा र जेपी नेम्बाङको रहेको छ । यस चलचित्रको छायांकन काठमाडौलगायत सिन्धुपाल्चोकको मुढे र भोटेकोशीमा गरिएको हो ।
नोट : निर्माणपक्षका अनुसार यो पोस्टर फस्टलुक होइन !

Comments