काठमाडौं, १८ भदौं । एडल्ट फिल्म तथा तस्बिरका कारण संसारमा चर्चा कमाएकी प्लेब्वोय मोडल पामेला एन्डरसन अहिलेर आएर पोर्नोग्राफीविरुद्ध लागेकी छन् । सेक्स सिम्बलका रुपमा परिचित पामेलाले हालै ‘द वाल स्ट्रिट जर्नल’ मा एक लेख प्रकाशित गरेकी छन्, जसमा उनले पोर्न फिल्मको विरोध जनाएकी छन् ।
पामेलाले चर्चित हस्ती शम्यूली बोटेचसँग मिलेर पत्रिका लागि उक्त आर्टिकल लेखेकी हुन्, जसको शीर्षक थियो, ‘टेक द प्लेज ः नो मोर इन्डुल्गिङ पोर्न’ । यस आर्टिकलमा ४९ वर्षीया पामेलाले पाठको कुरा गरेकी छन् । उनले पोर्न फिल्म हेर्दा मानिसलाई हतास हुने बताउँदै पोर्न नहेर्न सुझाएकी छन् । उनले लेखेकी छन्, ‘पोर्न हेर्नु बेकार हो ।’
पामेला र बोटेचले उक्त आफ्नो लेखमा कुनै समय हरेक दिन पोर्न हेर्ने गरेको पनि उल्लेख गरेका छन् । पार्ने हेरेपछि निजी जिन्दगीमा आफ्नो पत्नी या गर्लफ्रेन्डसँग कम सन्तुष्टि हुने पनि उल्लेख गरेका छन् । यी दुवै हस्तीको निष्कर्ष छ, ‘पोर्न जनताका लागि खतरनाक हो ।’ यस आर्टिकलबारे अमेरिकी नेता एन्थनी वेनर र उनकी पत्नी हुमा आबदीनको सेक्सटिंङ स्क्याण्डलप्रति प्रेरित पनि रहेको जनाइएको छ ।
पामेलाजस्ता हस्ती जो अक्सर आफ्नो न्यूड तस्विर, एडल्ट फिल्मका लागि चर्चित छिन् । आज तिनै हस्तीले पोनोग्राफीबाट टाडा रहन सलाह दिएकी छन् । (एजेन्सी)