बसुन्धराले गरिन् ‘जी–ईलेभेन’को उद्घाटन
screennepal
प्रकाशित: २०७३, १५ भाद्र बुधबार
no img

काठमाडौं, १५ भदौं । विभिन्न पेसा व्यवसायमा संलग्न युवायुवती मिलेर ‘जी ईलेभेन’ नामक संस्था सञ्चालनमा ल्याएका छन् ।  जी ईलेभेन नेपाल प्रालि नाम दिएको यो संस्था व्यवसायी तथा सेवामूलक भनिएको छ । राजधानीको नयाँबजारमा मुख्य कार्यालय रहेको यस संस्थाको हास्य अभिनेत्री भसुन्धरा भुषालले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

14182624_1685144171811879_1335207674_n
यस संस्थामा अध्यक्ष राम ब. श्रेष्ठ (रोही), उपाध्यक्ष पम्फा भट्टराई, महासचिव दिनेश श्रेष्ठ, सचिव ईश्वरी भण्डारी, सह–सचिव राजीव वलामी, कोषाध्यक्ष सोन्जा तुलाधर (ताम्राकार), सह–कोषाध्यक्ष भक्त राई, सदस्यहरुमा राजन दाहाल (आर.डी.), मनिकुमार राई, तेज ब. श्रेष्ठ, प्रतिक ब. श्रेष्ठ, सैलेन्द्र दवाडी, सुमिना श्रेष्ठ (लामा), शोभा राणा मगर, सुमन खतिवडा रहेका छन् ।
नेपाली नारीको महान चाड हरितालिका तीजको अवसर पारेर यो सस्थाकोे उद््घाटन गरिएको हो । कार्यक्रममा हास्य अभिनेत्री बसुन्धरा भुषाललगायत उपकार चिया÷चामलका नेशनल म्यानेजर निरोज मालाकार, अतिथि द्धोय अन्तराष्ट्रिय खेलाडी फुपुलामु खत्री, रमेश मगर, कार्यक्रमको सभापती राम बहादुर श्रेष्ठ, कार्यक्रम संयोजक भक्त राईको उपस्थिति थियो ।

14182308_1685144485145181_1680515521_n

कार्यक्रममा लोकगायक गायिका प्रेम अर्याल, कोपीला गुरुङ, सन्तोष दवाडी, सुनीला गुरुङ, शान्ती श्री परियार तथा चर्चित गायिका मुना थापा मगरले उपस्थित चेली, दर्शकलाई मनोरञ्जन दिलाएका थिए । सो अवसरमा गोला प्रथाद्धारा डोरप्राइज समेत बितरण गरिएको थियो । उपकार चिया÷चामल, फ्रुटो, माल्टोरिच तथा विभिन्न नेपाली चलचित्रका भिसिडिहरु उपलब्ध गराईएको थियो । उक्त कार्यक्रमको संचालन संचालिकाद्धय प्रकृति धमला र सोनिका लिम्बुले गरेका थिए ।

Comments