अलविदा खेम गुरुङ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, १२ भाद्र आईतवार
no img

khem gurung, screennepal (6)

काठमाडौं, १२ भदौं । गायक खेम गुरुङ सदाका लागि विदा भए । उपचारकै क्रममा बिहीबार साँझ निधन भएका जनप्रिय गायक गुरुङको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व. गुरुङको पार्थिव शरीरलाई उनका काकाको छोरा मणि गुरुङले दागबत्ती दिएका थिए । गुरुङको दुई छोरा छन् । तर, सानै भएकाले मणिले दागबत्ती दिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

khem gurung, screennepal (5)
स्वं गुरुङको अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा राखिएको थियो । दिवंगत गुरुङलाई सञ्चारमन्त्री राम कार्कीले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । ‘वारी जमुना पारी जमुना’जस्ता दर्जनौ लोकप्रिय गीतका गायक गुरुङलाई श्रद्धाञ्जली दिन पूर्वप्रधान मन्त्री झलनाथ खनाललगायतका नेता तथा सयौ कलाकार र सर्वसारधारण प्रतिष्ठान परिसर पुगेका थिए । प्रज्ञामा राख्नुअघि गुरुङको शवलाई उनको गृह जिल्ला खाँदबारी हेलिकोप्टर चार्टर गरेर लगिएको थियो । त्यहाँ पनि करिब दुई घण्टा श्रद्धाञ्जलीका लागि राखिएको थियो । स्व. गुरुङको शवयात्रामा सयौं कलाकार तथा सर्वसाधारण सहभागी थिए । शवयात्रा प्रज्ञा प्रतिष्ठान हुँदै कमल पोखरी, रातोपुल, गौसला हुँदै पुशपति आर्यघाट पुगेको थियो ।

khem gurung, screennepal (4)
साढे दुई दशकदेखि गायनमा क्रियाशील स्व. गुरुङका वारी जुमना पारी जमुनालगायतका डेढ सयभन्दा बढी गीत छन् भने  उनका जीवन भाग–१, भाग–२, अनमोल, धरान पोखारा, सोल्टी, ढाक्रे र घुमफिर जस्ता गीतिकृति छन् ।

khem gurung, screennepal (3)
जनप्रिय गायकमा रुपमा आफूलाई स्थापित गराएका गुरुङप्रति राष्ट्रिय जनसांस्कृतिक महासंघले आइतबार नै शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छन् । गीतकार संघ नेपालले पनि स्व. गायक गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । गीतकार संघले गुरुङको पार्थिव शरीरमा संघको झण्डा ओढाएर सम्मान गरेको थियो ।

khem gurung, screennepal (2)
२०३१ साल माघ १ गते खाँदबारी नगरपालिका वडा नं ३ मा जन्मिएका गुरुङ अमृत गुरुङ र तुलसीमायाको एक्लो छोरा हुन् । गुरुङको आमा, श्रीमती र दुई छोरा शुभम र शालिन छन् । गुरुङका तीन दिदीबहिनी छन् ।
khem gurung, screennepal

Comments