काठमाडौं, १० भदौं । गौरबाट पोखरा जाँदै गरेको एक यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । ग १ ख ३७०९ नम्बरको बस मुग्लिनस्थित कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको चितवन प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा रहेका एसपी बसन्त कुँवरका अनुसार २० जनाको शव बाहिर निकालिएको छ । एक जना घाइतेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा अन्य १६ जना घाइते फेला परेका छन् । घाइते सबैलाई उपचारका निम्ति पठाइसकिएको छ ।
बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको थियो । स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ ।