सर्वनाममा ‘जुनकिरी’ : ‘कल गर्ल’को कथा
screennepal
प्रकाशित: २०७३, ९ भाद्र बिहीबार
no img

काठमाडौं, ९ भदौं । सर्वनाम थिएटरमा यतिखेर नाटक ‘जुनकिरी’ मञ्चन भइरहेको छ । ३ भदौदेखि मञ्चन हुँदै आएको यस नाटकमा नानी थापाको लेखन तथा निर्देशन रहेको छ । नाटकमा थापाको एकल अभिनय छ । ११ भदौसम्म मञ्चन हुने नाटक ‘जुनकिरी’ ले करिब सवा १ घण्टा दर्शकलाई नृत्य, गीत, कवितालगायत अभिनयका विभिन्न आयामबाट दर्शकलाई बाँध्ने गर्छ ।

junkiri (1)
नाटककी पात्र स्वयंम धर्तीकी जूनकिरी र आकाशकी जून जो दुवै सूर्यको उज्यालोमा भन्दा अन्धकार रातमा बढी चम्किन्छन् । र, अस्तित्व प्राप्त गर्दछन । उनीहरुबीच केही समानता र भिन्नतालाई सम्बन्धित गराउँदै एउटी सामान्य गाउँकी युवती कसरी ब्यबसायिक हाईप्रोफाइल ‘कल गर्ल’ का रुपमा स्थापित हुन पुग्छे । साथै, एक दशकको जीवन यात्रामा उनीसँग जोडिएका र छुट्टिएका केही पात्रहरुलाई पनि कथाले सगँसँगै बुन्दै लैजान्छ ।

junkiri (2)
एक आँटिली तथा बिद्रोही स्वभावकी जूनकिरी नाटकभित्र विश्व समुदायलाई नै चुनौती दिन पछि हटेकी छैनन् । आफुले प्रेम गरेको पुरुषका लागि जूनकिरीको अन्त्यन्त उदार र समर्पणको भाव नाटकभित्र छताछुल्ल पोख्ने प्रयास गरिएको छ । नाटकमा हासो, रोदन, मिलन, बिछोड, क्रोध, शृँगार र भयानकजस्ता रस पाइन्छ ।

Comments