धोका र असफलता बेहोरेपछि रणवीरले मन्साए ग्रहदशा !
screennepal
प्रकाशित: २०७३, ३ भाद्र शुक्रबार
no img

ranbir_1471588959

काठमाडौं, ३ भदौं । बलिउड अभिनेता रणबीर कपूरले आफ्नो जीवनमा परेको समस्या भगाउन ग्रहदशा मन्साएका छन् । उनले ऋषि र नीतू कपूरलाई पूजा गराएका हुन् । यो पूजा रणबीरको ग्रह शान्तिका लागि हो ।
रणबीर आफ्नो पछिल्लो फिल्मले बक्स अफिसमा खाशै राम्रो व्यापार नगरेपछि निराश छन् । यसै सन्दर्भमा उनले व्यक्तिगत जीवनमा केही ब्रेकअपको पीडासमेत सहनुपरेको छ ।
रणबीरले हालै दिएको एक अन्तरवार्तामा भने अभिनेत्री कट्रिना कैफको खुलेर तारीफ पनि गरेका थिए । उनले भने, ‘मेरो जीवनको प्रेरक हुन् कट्रिना । उनले मेरो जीवनमा ठूलो भूमिका निर्वाह गरेकी छन् ।’ आफ्नो रिलेशनशिपबारे पहिलोपटक मुख खोलेका रणबीरले भने, ‘मैले आफ्नो र कट्रिनाबारे धेरै कुरा सुनेको छु, पढेको छु । पछिल्लो दिनमा पनि सुनेको छु कि म कट्रिनाको घरमा गएको थिएँ रे, जबकि यस्तो भएकै छैन मबाट ।’ उनले कट्रिनालाई पछिल्लो दिन फिल्म ‘जग्गा जासूस’ सेटमा भेटेको बताए । उनले भने, ‘त्यसबाहेक केही इभेन्टमा भेटेको छु ।’ (एजेन्सी)

Comments