मीरा नायरको यस्तो छ फिल्म पोस्टर
screennepal
प्रकाशित: २०७३, ३ भाद्र शुक्रबार
no img

poster

काठमाडौं, ३ भदौं । अन्तराष्ट्रिय फिल्ममेकर मिरा नायरले आफ्नो फिल्म ‘क्वीन अफ क्याट–वे’ को पोस्टर रिलिज गरेकी छन् । फिल्ममा डेभिड ओयेलोवो, ओस्कर विनर ल्युपिटा न्योन्गो र न्यूकमर मदिना नलवान्गा लिड रोलमा छन् ।
फिल्म यूगान्डाको एक युवतीको वास्तविक कथामा आधारित रहेको बताइएको छ । फिल्ममा चेसले एक युवतीको पूरै जिन्दगी बदलिएको देखाइएको छ । आफ्नो परिवार र कम्यूनिटीकोे सपोर्टले उनी इन्टरनेशनल चेस च्याम्पियन बन्ने आफ्नो सपना साकार गर्न लाग्छिन् । फिल्मलाई मीरा नायरले निर्देशन गरेकी हुन् । स्क्रीनप्ले विलियम वीलरले गरेका छन् भने फिल्मको निर्माण लिडिया डीन पिल्चर र जोन कर्लस तथा एक्जिक्यूटिभ प्रोड्यूसर ट्रो बडर रहेका छन् । (एजेन्सी)

Comments