‘ब्याचलर ब्रेन’ जसले बोल्छ बरोजगारको कथा (फिल्मसहित)
screennepal
प्रकाशित: २०७३, २ भाद्र बिहीबार
no img

1471495009youth1

काठमाडौं, २ भदौं । शैक्षिक सर्टिफिकेट भएरपनि बेरोजगार हुँदाको पीडा कस्तो होला ? यहाँ यस्ता युवाजमातै छ, जो लेखे–पढेर पनि बेरोजगार बनेका छन् । यसको मुख्य कारण राजनीति अस्थिरता पनि हो । यस्तै, छोटो र संवादवीहिन फिल्म तयार भएको छ । जसलाई फोटो पत्रकार नविनबाबु गुरुङले निर्देशन गरेका हुन् । यस छोटो फिल्म्मा शिक्षित बेरोजगारको युवाको आवाज बुलन्द गरिएको छ ।
पछिल्लो समय म्युजिक भिडियो निर्देशन र छायांकनमा ब्यस्त बन्दै गएको नबिनबाबु गुरुङले यस छोटो चलचित्रलाई ‘ब्याचलर ब्रेन’ नाम दिएका छन् । भर्खरैमात्र यु–ट्युबमा सार्वजनिक गरिएको यस फिल्ममा एक जेहेन्दार विद्यार्थी जो राजधानीमा पढ्न र भविष्य बनाउन लागि परेको हुन्छ, उसको कोही ठूला मान्छे नहुँदा बेरोजगार हुनुपरेको पीडा देखाइएको छ ।
यस छोटो फिल्ममा कलाकार ध्रुबसागर थापाको अभिनय र कथा रहेको छ भने यसलाई स्ट्रिटनेपालले आफ्नो युट्युबबाट सार्वजनिक गरेको हा् । कमल एक्चैमगरको सम्पादन रहेको ‘ब्याचलर ब्रेन’ मा ध्रुबसागरका अलावा सुरेश सिम्खडा र दीपेश खत्रीको पनि अभिनय रहेको छ ।

Comments