बालले नसुहाएपछि ‘आँखा राम्रो गाजलुले…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २ भाद्र बिहीबार
no img

subi

काठमाडौं, २ भदौं । गायक, संगीतकार तथा गीतकार सुबि राईले आफ्नो पछिल्लो ‘आँखा राम्रो गाजलुले’ बोलको गीतलाई म्युजिक भिडियोमा ल्याएका छन् । यसअघि उनले ‘बालै फरर…’ बोलको गीत श्रोता तथा दर्शकलाई पस्केका थिए । उक्त गीतले खासै दर्शक तथा श्रोतामाझ चिनाउन नसकेपनि यसपटक भने आशा उनी आशावादी छन् ।
सुबिकै शब्दसंगीत रहेको ‘आँखा राम्रो गाजलुले’ गीतलाई चन्दु गोखालीले संगीत संयोजक गरेका छन् । यस भिडियोलाई कमल एक्चैमगरले निर्देशन गरेका हुन् भने नोरोज श्रेष्ठले खिचेका हुन् । यस भिडियोमा रोशना राई र किरण मगरलाई फिचरिङ गरिएको छ ।

Comments