चाँदनीलाई इन्डोनेशियन राजाको सम्मान
screennepal
प्रकाशित: २०७३, १ भाद्र बुधबार
no img

काठमाडौं, १ भदौ । ‘मिस वल्र्ड नेपाल १९९७’ की सेकेन्ड रनरअफ बिजेता चाँदनी श्रेष्ठ इन्डोनेशियाका राजाद्धारा सम्मानित भएकी छन् । फेसन र ब्यवासाय र समाज सेवामा पु¥याएको योगदानको कदर गर्दै उनलाई त्यहाँका राजाले ‘डि राजा नोशनतारा एम्बेसडर अवार्ड’ सम्मान प्रदान गरेका हुन् । सम्मान समारोहमा उनले सक्सेसफुल बिजेश लेडी अवार्डसमेत प्राप्त गरेकी छन् ।

IMG-20160813-WA0000
सन् १९९९ मा फेमिना बुटिकबाट फेसन ब्यवसाय सुरु गरेकी श्रेष्ठले २००५मा दि राइमण्ड सप संचालमा ल्याइन् । त्यसपछि केही ब्यवसाय गरेकी उनले २०१६ मा उनले फेरी अर्काे ब्यवसाय राइमण्ड होम संचालमा ल्याएकी छन् ।
राष्ट्रपति बिद्यादेवी भण्डारीबाट ‘विजनेश अवार्ड २०१६’ बाट सम्मानित भएकी श्रेष्ठले यसै बर्ष नवनारी म्यागजिनले प्रदान गर्ने ‘वुमन अफ द इयर २०१६’ पाएकी थिइन् । चण्डोल विसालनगर काठमाडौकी स्थानीय बासिन्दा श्रेष्ठ गतबर्ष गएको महाभुकम्पपछि पीडितको सेवामा निरन्तर लागिपर्ने नेपाली मध्येकी एक हुन् ।

Comments