थाइल्याण्डमा नेपालीको शान
screennepal
प्रकाशित: २०७३, ३२ श्रावण मंगलवार
no img

काठमाडौं, ३२ साउन । बिजी फिल्मस्को व्यानरमा निर्माण हुने नयाँ फिल्म ‘नेपालीको शान’ थाइल्याण्डमा छायांकन गरिने भएको छ । फिल्म युनिटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको छायांकन थाइल्याण्डमा हुने जानकारी दिएको हो ।

Prajwal Sima 1
फिल्मका निर्देशक बीएस बलामीका अनुसार फिल्ममा प्रेम, रोमान्स र नेपाल प्रतिको माया तथा नेपालीको शानलाई प्रस्तुत गरिनेछ । फिल्ममा उनकै प्रस्तति र लेखन रहनेछ । फिल्ममा प्रज्जवल गिरी, सिमा केसी, राजेन्द्र गौतम, निशा शाह, श्रीदेव आचार्य र डेब्बु नायकको रुपमा प्रकाश खत्रीको अभिनय रहनेछ भने अभिनेता जीवन लुँइटेल विशेष भूमिकामा पर्दामा देखिनेछन् ।
ज्ञानु श्रेष्ठ, प्रकाश खत्री, राजेन्द्र गौतमले लगानी गर्ने फिल्ममा टंक बुढाथोकी र सम्राट थापाको संगीत, निशा शाहको नृत्य, देव महर्जनको द्वन्द्व, नविन पन्तको संवाद, अनन्त घिमीरेको सम्पादन तथा कलर, मधुकर बलामीको एनिमेशन भीएफएक्स, सुजन बानियाको पब्लिसिटी डिजाइन र सञ्चु थोकर लामाको छायांकन हुनेछ । थाइल्याण्डसँगै नेपालको गणेश हिमालको अधिकांश भुभागमा फिल्म खिचिने निर्देशक बलामीले बताए । फिल्मलाई थाइल्याण्डमा छायांकन गर्न त्यहाँ बस्ने नेपाली राजु बलामीले सहयोग गर्नेछन् । आर आर फिल्मस्ले वितरण गर्ने फिल्म आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

Comments