१४० कलाकारको कला प्रदर्शनी
screennepal
प्रकाशित: २०७३, ३२ श्रावण मंगलवार
no img

काठमाडौं, ३२ साउन । तारागाउँ म्यूजियम बौद्धमा १४० जना कलाकारका एकदिने कला प्रदर्शनी सम्पन्न भएको छ । इमागो मुण्डी विश्वभरीका कलाकारका कलाकृति संकलन गर्दै प्रदर्शनी तथा पुस्तक प्रकाशित गर्ने यस कार्यक्रमका क्यूरेटर जेनिफर भर्जले बताइन् ।

~st_IMG_4668
‘संकलित कलाले नेपालको कलाको अवस्थालाई उठाउन सकेको छ । यी कलाको हामीले इटालीमा प्रदर्शनी गरिनेछ र नेपाली कलाको बारेमा पुस्तक समेत प्रकाशित गरिनेछ’, जेनिफरले भनिन् ।
नेपालमा आएको यो अवसरलाई एकपटक यही नै प्रदर्शनी गरेर इटाली लैजाँदा राम्रो हुने देखेर नै एकदिने प्रदर्शनीको आयोजना गरेको म्यूजियमका निर्देशक रोशन मिश्रले बताए ।

st_IMG_4669
नेपाली संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यसहित मुण्डीले यो कार्यक्रम गरेको हो । सो प्रदर्शनीमा गेहेन्द्रमान अमात्य, किरण मानन्धर, राजन काफ्ले, लक्ष्मण भुजेल, जिडी सारु, रोशन मिश्र, देवेन्द्र थुम्केली, कविराज लामा, केशव राज खनाल, सुद्धर्शन राणा, सुनिता राणा, अनिता खनाल भटट्राई, एससी सुमन, दिवेश प्रधान, सागर मानन्धर, कीर्तिकौशल जोशी, हितमान गुरुगं, नारायणप्रसाद बोहजु, लक्ष्मण कर्माचार्य लगायतका कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ ।
यस कार्यक्रमलाई नेपालबाट सिद्धार्थ आर्ट फाउण्डेशन, संगीता थापा, कविराज लामा, निश्चल ओलीले सहयोग गरेका छन् ।
तस्वीर सौजन्यः गोरख रेग्मी

Comments