चन्द्रमानको ‘कहाँ हो घर ?’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, ३० श्रावण आईतवार
no img

काठमाडौं, २९ साउन । गायक चन्द्रमान अन्छङ्बु ‘कहाँ हो घर’ भन्दै श्रोतामाझ आएका छन् । कमलधोज लावतीको शब्दरचना रहेको ‘कहाँ हो घर’ बोलको गीतमा चन्द्रमानको मिठास स्वरमा सुन्न सकिन्छ । जुन गीतको हालै भिडियो रिलिज गरिएको छ ।
योदिन एमएल सम्बाहाम्फेको निर्देशन रहेको यस भिडियोमा संगीता र राजनले अभिनय गरेका छन् । यस पूर्वेली आधुनिक गीतलाई साथिम योङ्याले संगीत दिएका हुन् । यस भिडियोलाई रुबुशा क्रियटिभ वर्कस्ले यु–ट्युबमा सार्वजनिक गरेको हो । यस गीत तथा भिडियोलाई श्रोता एवं दर्शकले निकै रुचाएका छन् ।

Comments