यो शहरमा फरक पहिचान खोज्दै बाबु !
screennepal
प्रकाशित: २०७३, २८ श्रावण शुक्रबार
no img

काठमाडौं, २८ साउन ।  भर्खरै २० टेकेका बाबु भण्डारी सपनै सपनाको यो शहरमा फरक पहिचान बनाउन जुटेका छन् । जन्मले होइन कर्मले पहिचान बनाउँछु भन्दै उनी पृथक कलाकारको परिचय बनाउन तल्लिन छन् यतिबेला । कलाकारितालाई नै आफ्नो लक्ष्य बनाएका भण्डारीले अभिनयलाई निखार्न भन्दै भारतको पुनेस्थित लाइभ मल्टिमिडियाबाट एक वर्ष तालिम लिइसकेका छन् ।करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका भण्डारी पछिल्लो पटक युटयुबमा खोजिने पात्रका रुपमा स्थापित भैसकेका छन् ।

babu 2

द रिजन नामक ठूलो पर्दाको चलचित्रबाट अभिनय यात्रा आरम्भ गरेका बाबु भण्डारीसँग अहिले अफरहरुको लामै लिस्ट आईसकेको छ । तर उनी भने संख्यामा भन्दा पनि राम्रो काममा विश्वास गर्छन् ।
संख्या मुख्य कुरा होइन, काम कस्तो गरियो त्यो प्रधानपक्ष हो, म धेरै काम गरेर होइन, राम्रो काम गरेर अघि बढ्ने सोँचमा छु, भण्डारी भन्छन् ।

उनको पहिलो चलचित्र द रिजन रिलिजको पर्खाइमा छ तर उनको हातमा धेरै काम आइसकेका छन् । आफुले चाहे जस्तो स्क्रिप्ट नआए उनी काम गर्दैनन् । मैले सोचे जस्तो स्क्रिप्ट नदेखिएपछि केहि काम छोडिसकेको छु भण्डारले सुनाए ।
भण्डरीले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो युटयुबमा राम्रै हेरिएको छ । मन्जरी एल्वममा रहेको छोडि हिडेउ मोडी पाइला बोलको गीतमा उनले मिथिला शर्मा, रबि गिरि जस्ता स्थापित कलाकारको साथ पाएका छन् । भण्डारीको को एक्टरका रुपमा देखा परेकी विद्या काफ्ले पनि उनलाई राम्रो साथ दिएकी छिन् ।
गायक सीडी विजय अधिकारी र मनिसा राईले स्वर भरेको गीतमा संगीत ढकाल ब्रदरले भरेका छन् ।

babu 3
राकेश काफ्लेले कोरेका शब्दहरुले भुटान, म्यानमार र भारतमा रहेका नेपालीहरुमा देश प्रेमको भाव समेटेको छ । म्युजिक भिडियो बन्नु अघि नै गीतको अडियो भुटानमा चर्चित बनिसकेको थियो । बाबु पनि त्यो भिडियोले आफ्नो करिअरलाई थप उचाईमा पुर्याउनेमा ढुक्क छन् । डेडिकेटिड भएर काम गरियो भने फल राम्रै आउँछ भन्नेमा विश्वास राख्छु, थोरै काम गरेको छु तर राम्रो रेस्पोन्स आईरहेको छ, भण्डारीले उत्साहित मुद्रामा सुनाए ।
रमेशबाबा नेपालले निर्देशन गरेको म्युजिक भिडियोमा टिपिकल नेपाली लोकेशन र जनजिवन चित्रण गरिएको छ ।
जीवन अनवरत यात्रा हो, मानिस संसारका जुनसुकै कुनामा पुग्न सक्छ तर उसले आफ्नो राष्ट्रिय पहिचान भुल्नु हुँदैन भन्ने सन्देश म्युजिक भिडियोले बोकेको छ । बाबु पनि भन्छन, शरिर जहाँ पनि हुन सक्छ तर यो मन त मेरो नेपाली हो ।

Comments