कविता र मेलिनाको स्वरमा ‘माइती जान्छु जान्छु’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २८ श्रावण शुक्रबार
no img

काठमाडौं, २८ साउन । तीज दिनदिनै नजिकिँदैछ, यतिखेर विवाहित नारीलाई आफ्नो माइतीघर जाने रहर जाग्न थालेको छ । तर, पतिदेवले माइती नजान आनाकानी गरेपछि नारीको हालत के होला ? कविता शिवाकोटी र मेलिना राईको स्वरमा सजिएको ‘पतिदेव’ बोलको गीतको भिडियो हेर्ने हो भने माइती जाने अनुमति माग्न नारीले श्रीमानलाई कसरी फकाउँछन् भन्ने कुरा प्रष्ट्याउँछ ।
गीतमा रहेको ‘पतिदेव हजुरले भनेको सबैकुरा मान्छु, तर आज जे भने नि माइती जान्छु जान्छु’ शब्दले पनि नारीको पति प्रतिको सद्भाव र प्रेमसँगै विद्रोह पनि बोलेको छ । गीतमा गौरभ दर्पण र कृष्ण उदाशीका शब्द, गौरभ दर्पणको संगीत, कुशल सिंहको एरेन्ज छ । शंकर बिसीले निर्देशन गरेको भिडियोमा रिस्ता बस्नेत, कविता शिवाकोटी, भुपाल शिवाकोटी र शंकर बिसीको अभिनय छ । भिडियोमा राजेश घिमिरेको छायांकन र नविन घर्ति मगरको सम्पादन छ । गीतको अडियोलाई भाइब्स क्रिएसनले बजारमा ल्याएको हो ।

https://www.youtube.com/watch?v=TS2Ef6xnotM

Comments