रुपा र ललिताको ‘सिक्वेन्स फेसन हाउस’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७३, २८ श्रावण शुक्रबार
no img

4

– तस्बिर : सुकमाया राई

काठमाडौं, २८ साउन । मोडल रुपा आङ्बुहाङ र ललिता आङ्बुहाङले ‘सिक्वेन्स फेसन हाउस’ सञ्चालनमा ल्याएका छन् । राजधानीको गंगबूस्थित बिजी मलको तेस्रो तलामा सञ्चालनमा ल्याएको उक्त बुटिक तथा फेन्सी हाउसको बिहीबार महिला उद्यमी तथा कल्पना ढाका कलेक्शनकी सञ्चालिका कल्पना योङ्हाङले एक समारोहबीच उद्घाटन गरिन् ।

5
‘सिक्वेन्स फेसन हाउस’को उद्घाटनपछि सञ्चालिकामध्ये रुपाले भनिन्, ‘यो बुटिक तथा फेन्सी विशेषगरी कल्चरल पहिरनका लागि हो ।’ उनका अनुसार ‘सिक्वेन्स फेसन हाउस’ मा लिम्बूलगायत विभिन्न जातजातीको कल्चरल पहिरन बिक्री तथा भाडामा उपलब्ध छ । यस फेसन हाउसले ढाकालगायत ग्राहकको चाहना अनुसार विभिन्न आधुनिक पहिरन उपलब्ध हुने रुपाले बताइन् ।

3
बिहीबारबाटै औपचारिक रुपमा सञ्चालनमा आएको ‘सिक्वेन्स फेसन हाउस’ लेडिजका मात्र नभई जेन्सका पहिरनसमेत बिक्री गरिने रुपाले बताइन् । उनले भनिन्, ‘विभिन्न आधुनिक तथा फेसनेवल क्याजुअल पहिरनसँगै कल्चरल पहिरन यो फेसन हाउसको विशेषता हो ।’ साथै, ‘सिक्वेन्स फेसन हाउस’ बाट कल्चरल पहिरनसँग लगाइने गर–गहना पनि बिक्री तथा भाडामा उपलब्ध हुने रुपाले बताइन् ।

2
‘सिक्वेन्स फेसन हाउस’ को उद्घाटन कार्यक्रममा गायक दीपक लिम्बू, मोडल निशा पोमु, बविता फोम्बोलगायतका कलाकार तथा विभिन्न समाजसेवीको उपस्थिति थियो ।

1

Comments