‘क्याप्टेन’को आम्लाबुङ र सिलिहाङ्मा सार्वजनिक
screennepal
प्रकाशित: २०७३, २२ श्रावण शनिबार
no img

काठमाडौं, २२ साउन । उनको सपना थियो, ब्रिटिस सेनामा भर्ती भएर लाहुरे बन्ने । तर, दोस्रो प्रयासमा पनि गल्लाको आँखामा नपरेपछि फेरि भर्ती हुने सपना त्यागेका उनी अन्ततः प्रेमवादी दर्शन हेवेन्लीपाथमा आवद्ध भए । सानैदेखि साहित्यप्रति विशेष अभिरुचि राख्ने उनै युवा अर्थात् सुवास राई साहित्य क्षेत्रमा ‘क्याप्टेन’ उपनामबाट प्रकट भए ।

_MG_3467
प्रेमवादका प्रतिपादक ओमनन्दको विशेष सानिध्यले भोजपुर, बोखिमका सुवासको जीवनको बाटो नै बदलियो । उनै गुरुबाट मानव जीवनलाई प्रेम, करुणा र सत्कर्मले मात्रै सार्थक बनाउन सकिन्छ भन्ने चेत पाएका उनी सोह्ी दर्शनलाई आत्मसात गर्दै साहित्य साधनामा निरन्तर लागिरहे ।
यसअघि ‘सम्झनाको साँझबत्ती’ तथा ‘सम्झना र सुनाखरी’ नामक दुई गजलकृति बजारमा ल्याइसकेका उनी यसपटक गीत सङ्ग्रह लिएर आएका छन् । ‘आम्लाबुङ र सिलिहाङ्मा’ नामक उनको गीतिकृतिको शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव गणेश रसिकले लोकार्पण गरे ।
लोकार्पणपछि मन्तव्य व्यक्त गर्दै रसिकले सुवासका गीतहरुमा विशेष गरी जाति, संस्कृति, भूगोलका साथै ग्रामीण परिवेशको चित्रण भएको आफूले पाएको उल्लेख गरे । उनले भने, ‘यस कारण सुवास एक सफल गीतकार हुन् ।’
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रवण मुकारुङले सुवासका गीतहरुमा समय र समाजको यथार्थ प्रतिबिम्ब पाइने दाबी गरे । सुवास अब्बल गीतकार भएको उल्लेख गर्दै उनले भने, ‘स्वच्छन्द पाराले बिनाकुनै नियममा बाँधिएर लेख्न सक्नु नै सफल गीतकार हुनु हो । यसअर्थमा सुवास सफल बनेका छन् ।’
कार्यक्रममा सङ्गीतकारद्वय शान्तिराम राई र गणेश पराजुलीले सुवासको गीतिकारितामाथि समीक्षात्मक टिप्णी गर्दै सुवासमा अनन्त काव्यिक प्रतिभा रहेको कुरा प्रस्तुत कृतिभित्रका गीतहरुले पुष्टि गरेको जिकीर गरे । यसै गरी गीतकार टीका चाम्लिङ, कवि चन्द्र रानाहँछाले पनि बोलेका थिए । गोर्खा बुक्स पब्लिकेसनले छापेको पुस्तकमा ८३ वटा गीतहरु समाविष्ट छन् ।

Comments