काठमाडौं, १९ साउन । नेपाल सरकार सुचना तथा संचार मन्त्रालयले राष्टिय चलचित्र नीति कार्यान्वयनको अनुगमन तथा मुल्याकन समिति गठन गरेको छ । मन्त्री परिषदको गत श्रावण १३ गतेको निर्णयअनुसार चलचित्रकर्मी यादव खरेलको संयोजकत्वमा दुई बर्षका लागि नौ सदस्य समिती गठन गरिएको हो ।
समितीको सदस्यमा चलचित्रकर्मीहरु हरिहर शर्मा, युवाराज लामा, चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राई, श्याम सापकोटा, चलचित्र पत्रकार शान्तिप्रिय, सवनम मुखिया, चलचित्र प्राबिधिक र बसन्तकुमार रुपाखेती रहेका छन । समितिको सदस्य सचिवमा सुचना तथा संचार मन्त्रालयका कानुन उपसचिव पुस्करराज नेपाल रहेका छन् । समितिले राष्टिय चलचित्र नीति, अनुगमन समिति गठन तथा कार्यसंचालन मार्गदर्शन–२०७३ अन्र्तगत चलचित्र क्षेत्रलाई सिर्जनशील सांस्कृतिक एवं मनोरञ्जनात्मक उद्योगका रुपमा बिकाश गरी स्वदेशी चलचित्रको बिकाश र संरक्षण गर्दै चलचित्रको प्रर्वदन एवं चलचित्रकर्मीको हकहितको संरक्षण गर्न यो समिति गठन गरिएको मन्त्रालयले जनाएको छ । समितिले राष्टिय चलचित्र नीतिको कार्यन्वयन पक्षलाई समन्वयात्मक रुपमा अनुगमन, सहजिकरण गर्नेछ ।
समितिको कार्यक्षेत्र राष्टिय चलचित्र नीति २०७१ को स्वीकृत कार्ययोजनाको प्रभावकारी कार्यन्वयन भए नभएको अनुगमन गरी सोको कार्यन्वयनमा सहजिकरण गर्ने र सो को प्रतिबेदन सुचना तथा संचार मन्त्रालयमा पेश गर्ने छ ।