लक्ष्मणलाई ‘लालजोडी’ सकस (प्रोमोसहित)
screennepal
प्रकाशित: २०७३, १७ श्रावण सोमबार
no img

laxman

काठमाडौं, १७ साउन । प्रतिक्षा घडी कतिपयलाई रमाइलो हुन्छ भने कतिलाई सकस तर, यतिखेर पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुबेदीलाई भने यतिखेर यी दुवैको आभाष भइरहेको छ । उनी निर्देशित दोस्रो चलचित्र ‘लालजोडी’ यही आउँदो १७ भदौमा अलनेपाल रिलिज हुँदैछ । त्यसैले यचिखेर उनलाई विभिन्नखाले प्रतिक्रियाहरु आइरहेका छन, जसले गर्दा उनलाई एकारित सकस छ भने अर्कोतिर रमाइलो । तर, लक्ष्मणले भने यतिसम्म दावी गरेका छन्, ‘लालजोडी’ नचले चलचित्र क्षेत्रबाटै सन्यास लिने बताइरहेका छन् ।
चलचित्रको प्रोमो सार्वजनिक गर्दै लक्ष्मणले यस्तो बताएका हुन् । केही दिनअघिमात्र चलचित्रको तीन मिनेट लामो प्रोमो सार्वजनिक गरिएको हो । चलचित्रको रिलिज मिति धेरैदिन नभएकाले लामो प्रोमो बनाएको उनको भनाइ छ ।

lal jodi
यसअघि उनले चलचित्र ‘एउटा साथी’ बनाएका थिएका थिए । उक्त चलचित्रबाट भने सापेक्षित रुपमा मात्र सफलता पाएका थिए । तर, अहिले भने उनले दर्शकको मनोभावना बुझेर ‘लालजोडी’ बनाएको दावी गरेका छन् । उनले भने, ‘यो फिल्म सफल नभए मलाई निर्माण निर्देशनमा देख्न पाउनुहुने छैन, अनामनगर बागबजारमा पनि नभेटिनसक्छु ।’
सुवेदीले ‘लालजोडी’ लाई आफ्नो करियरकै ड्रिम प्रोजेक्ट बताएका छन् । एक दशकभन्दा लामो समययता पत्रकारिता एवं चलचित्र समिक्षा गर्दै आएकाले पनि चलचित्र दर्शकको भावना अनुरुप बनाएको उनको भनाइ छ ।
चलचित्र ‘लालजोडी’ मा लक्षणकै लगानी छ । जसले गर्दा पनि उनले यस चलचित्रलाई आफ्नो महत्वकांक्षी बताएका हुन् । दीलाशा क्रियशनको ब्यानरमा निर्मित यस चलचित्रमा सानोपर्दाका चल्तिका अनुहारको बाहुल्यता छ । नक्कली बाबुरामको रुपमा परिचित ज्योति काफ्ले, बुद्धि तामाङ ‘हैट’, जयन्तेको रुपमा परिचित गोविन्द कोइराला, परदेशीजस्तो हिट चलचित्रकी अभिनेत्री रजनी केसी, आयुष्मा कार्कीलगायतका कलाकार यस चलचित्रमा देख्न सकिनेछ । नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आफ्नो चलचित्र रिलिज हुने भएकाले पनि उनी आशावादी भएका हुन् । दशैैं, तिहार, तिज जस्ता पर्वहरु चलचित्र प्रदर्शनको विशेष मिति मानिन्छ ।

Comments