अमेरिकामा ‘सम्बन्ध हाम्रो गाढा’
screennepal
प्रकाशित: २०७३, १७ श्रावण सोमबार
no img

bikki1

काठमाडौं, १७ साउन । गायक बिक्की श्रेष्ठको ‘सम्बन्ध हाम्रो गाढा…’ बोल गीतलाई अमेरिकाको विभिन्न ठाउँमा छायांकन गरिएको छ । बिक्कीको आफ्नै शब्द र संगीत रहेको यस गीतको भिडियो पनि उनलै नेपालमा बसेर इन्टरनेटको माध्येमबाट निर्देशन गरेका हुन् । ‘रिदम अफ लभ–२’ एल्बममा समावेश यस गीतको भिडियोबारे बिक्की उनी भन्छन्, ‘अहिलेसम्म मेरो गीतसंगीतमध्ये मलाई मनले छोएको गीत यहि हो । यस गीतको शब्दले सबैको मन छोएको छ । यो एउटा वियोगान्त गीत हो ।’
यस म्युजिक भिडियोमा बिकी पुलामी र रिमा कटवालाई देख्न सकिने छ । संयुक्ता मल्ल ठकुरी र मेरी फरनेनडेजको छायानंकन रहेको ‘सम्बन्ध हाम्रो गाडा थियो…’ गीतमा अमर प्रेमलाई दर्साइएको छ ।

Comments