‘पारी हैबाट’ र ‘न्याउली रूने’ एकसाथ छायांकन
screennepal
प्रकाशित: २०७३, १७ श्रावण सोमबार
no img

-सुकमाया राई
काठमाडौं, १७ साउन । गायक खड्ग पुमा राई र मिलना पुमा राईको ‘पारी हैबाट बजाउदै पात’ र ‘न्याउली रूने वन’ बोलको दुई गीतको छायांकन गरिएको छ । यी गीतको ललितपुरको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको हो । खगेन्द्र पन्धाक लिम्बूको निर्देशन तथा छायांकन रहेको यी दुई फरक–फरक भिडियोमा सार्दन राई र अमिता राई तथा पबिता पुमा राई र पदम पुमा राईले अभिनय गरेका छन् ।
पुर्वेली लोकलयमा आधारित यस गीतमा गाउँबस्तीमा बसाई–सराइले पारेको प्रभावलाई चित्रण गरिएको छ । शब्द बालन्द राई तथा लय संकलन ईन्द्र लिम्बुको रहेको यी गीत एल्बमका लागि तयार गरिएको हो । तर एल्बमको नाम भने जुराइनसकेको बताइको छ । गायक राई लामो समययता लोकगीत क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्ति हुने ।

gggg

Comments