काठमाडौं, १६ साउन । डान्स तथा फिजिकल फिटनेश गर्न चाहनेका लागि खुसी खबर छ किनकि, राजधानीको बौद्धमा रहेको युनाइटेड फिटनेश डान्स स्टुडियो ‘जुम्बा’ को अर्को पनि शाखा थपिएको छ । युनाइटेडले आफ्नो शाखा रातोपुलमा पनि सञ्चालनमा ल्याएको छ । यो युनाइटेडको दोस्रो शाखा हो । यसको पहिलो शाखा चपलीमा रहेको छ ।
समाजसेवी दीक्षा चापागाइँको प्रमुख आतिथ्यमा शनिबार एक कार्यक्रमबीच रातोपुलमा युनाइटेड फिटनेश डान्स स्टुडियोको उद्घाटन गरिएको थियो । कार्यक्रममा विभिन्न समाजसेवी एवं व्यक्तित्वहरुको उपस्थिति थियो । उपस्थिति अतिथिहरुलाई शाखा प्रमुख रोनित राईले स्वागत गर्दै जुम्बाबारे जानकारी गराएका थिए ।
जुम्बाको मुख्य प्रमोटर समाजसेबी कृष्णा सुब्बा हुन् । उनले कार्यक्रममा जुम्बा डान्सको विशेषताबारे जानकारी गराएकी थिइन् । जुम्बा डान्स स्वास्थ्वसँग मात्र नभएर समाजसेवासँग पनि जोडिएको कृष्णाले बताइन् । जुम्बा विशेषगरी तौल घटाउनका लागि गरिन्छ, जसले शारीरिक स्वास्थ्यमा समेत लाभ हुने गर्छ । कार्यक्रमको सञ्चालन याङ्जोम शेपाले गरेकी थिइन् ।