माछा पालनविरुद्धको अभियानमा पामेला ! किन त ?
screennepal
प्रकाशित: २०७३, १४ श्रावण शुक्रबार
no img

pamela_

न्युयोर्क, १४ साउन (एजेन्सी) । हलिउड अभिनेत्री पामेला एन्डरसन माटा पालनको विरोध अभियानमा जुटेकी छन् । उनले जनतालाई सिधैं समुद्रबाट माछा मारेर खान समेत आग्रह गरेकी छन् । अमेरिकामा एकदमै लोकप्रिय रहेको धारावाहिक ‘बेवोच’ मा काम गरिसकेकी पामेलाले यो पनि दावी गरेकी छन् कि समुद्रबाट सिधै मारेर खाएको माछाले पर्यावरण र जनताको स्वास्थ्यका लागि पनि राम्रो हुनेछ । उनका अनुसार समुद्रमा माछा पालन गर्दा महासागर प्रदूषित हुँदै गएको छ । उनले कृत्रिम रूपमा माछा नपाल्न आग्रह गरेकी छन् ।
पामेलालmे भनिन्, ‘मैले माछा पालनबारे अध्ययन गरेकी छु । जसबाट मैले घातक हुने थाहा पाएकी छु । मेरी आमा पनि भन्थिन्, ‘कृत्रिम रूपमा पालेको माछाले महासागर प्रदूषित गर्छ ।’ पामेलाले हालै पर्यावरणविद् डेविड सुजुकीसँग भेटेकी थिइन् । गैरसरकारी संगठन सी शेफर्ड कन्जर्भेशन सोसाइटी’ का लागि काम गर्दै आएका सुजुकी कृत्रिम रूपमा पालेको माछामा विषादी हुने बताउँछन् ।

Comments