लेखक संघमा श्रवण मुकारुङ
screennepal
प्रकाशित: २०७३, १४ श्रावण शुक्रबार
no img

shrawan mukarung

काठमाडौं, १४ साउन । नेपाली लेखक संघको केन्द्रीय कार्यसमितिको बिहीबार राजधानीमा सम्पन्न आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष प्राज्ञ तथा कवि श्रवण मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ । वैशाख १८ र १९ गते काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय अधिवेशनबाट संघको केन्द्रीय अध्यक्षमा निर्वाचित डा. नवराज लम्सालले तीन महिना नपुग्दै पदबाट राजीनामा दिएपछि विधानअनुसार वरिष्ठ उपाध्यक्ष मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरिएको कुरा संघले जनाएको छ ।

Comments