फ्राईडे फिल्म : देशभर सविन–सुष्माको ‘संजोग’
screennepal
प्रकाशित: २०७३, १३ श्रावण बिहीबार
no img

काठमाडौं, १३ साउन । चलचित्र ‘संजोग’ शुक्रबारबाट अल नेपाल रिलिज हुँदैछ । यस चलचित्रमा अभिनेता सविन श्रेष्ठ र अभिनेत्री सुष्मा कार्कीका अनस्क्रिन रोमान्स हेर्न सकिन्छ । सुष्मा अभिनीत चलचित्र प्रदर्शनमा ग्याप भइरहेका बेला उनी ‘संजोग’ प्रदर्शनमा आएको हो । सुष्मा ‘संजोग’ बाट निकै आशावादी छिन् ।

2

चलचित्रको संघारमा आयोजित कार्यक्रममा उनले भनि, ‘संजोग मेरो पछिल्लो चलचित्र हो । यो चलचित्र दर्शकले रुचाउँछन् भन्ने अपेक्षा गरेकी छु ।’ स्मरणीय के छ भने सुष्मा र सविन पहिलोपटक स्क्रिन जोडीका रुपमा देखिन लागेका हुन् ।
उमेश उप्रेतीको निर्माण रहेको यस चलचित्रलाई बेदप्रसाद भूर्तेलले निर्देशन गरेका हुन् । निर्माता उप्रेतीका अनुसार ‘संजोग’ नारीप्रधान एक्शन चलचित्र हो । चलचित्रमा त्रिकोणात्मक प्रेमकथा हेर्न सकिन्छ । ‘संजोग’ बाट निर्माता उप्रेती आशावादी छन् । हाल चलचित्र प्रमोसनमा ब्यस्त रहेका उनले भने, ‘सविन र सुष्माको केमेष्ट्रिले गर्दा पनि चलचित्र दर्शकले रुचाउँछन् भन्ने लागेको छ ।’
युजेस फिल्मस् प्रालिको ब्यानरमा निर्मित ‘संजोग’ मा सविन र सुष्माका अलावा प्रज्वल गिरी, पुष्कर भट्ट र खगेन्द्र उप्रेतीको पनि मुख्य अभिनय छ । उज्वल थेबे लिम्बु र कुमार विविाहितको संगीत रहेको ‘संजोग’ मा गोविन्द राईको नृत्य, चन्द पन्तको द्वन्द्व र हरिनारायण चौधरीको छायांकन रहेको छ । यस चलचित्रको अधिकांश छायांकन पूर्वमा गरिएको हो भने केही काठमाडौं र आशपासमा गरिएको छ ।

Comments