पत्रकारसँग किन रिसाइन् सुष्मा ?
screennepal
प्रकाशित: २०७३, १२ श्रावण बुधबार
no img

काठमाडौं, १२ साउन । अभिनेत्री सुष्मा कार्की अभिनीत फिल्म ‘संजोग’ यही शुक्रबार रिलिज हुँदैछ । सुष्मा अभिनीत फिल्म केही समयको ग्यापपछि रिलिज हुन लागेको हो । ‘संजोग’ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केही समययता फिल्मविना रहेकी सुष्मा पनि सुहभागी भइन् । तर, उनी पत्रकारसँग खुसी देखिएनन् । कारण थियो, उनीमाथिको तितो प्रश्न । कार्यक्रममा संञ्चारकर्मी समीर बलामीले सोधेको एक प्रश्नमा उनी यसरी बम्किइन् कि, उनीमाथि प्रश्नै गर्न हुन्नथ्यो ।

2
बलामीले उनलाई ‘चलेछ बतास सुस्तरी’ पछि तपाईको खासै फिल्म छैन । पछिल्लो समय तपाईका खासै राम्रो फिल्म आएका छैनन् । ‘संजोग’ ले तपाईलाई स्थापित गराउन सक्ला ? भनि प्रश्न गरेका थिए । साथै, ‘चलेछ बतास सुस्तरी’ फ्लप भएको कुरा समेत बलामीले बताएका थिए । जवाफमा सुष्माले ‘चलेछ बतास सुस्तरी’ सुपरहिट फिल्म भएको दावी गर्दै आफ्नो ारेमा पत्रकारलाई चासो नलिन आग्रह गर्दै जंगिएकी थिइन् । ‘म के काम गर्छु यसबारे तपाईहरुलाई के मतलब’ सुष्माको आक्रोश थियो, ‘मैले फिल्म पाएनि, नपाएनी के भो ?’
सुष्मा पछिल्लो केही समययता चलचित्रमा भन्दा स्टेज कार्यक्रमतिर व्यस्त देखिँदे आएकी छन् । फिल्म क्षेत्रमा भने गुमनाम हुँदै गएकी छ । भिडियो तथा विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त रहँदै आएकी सुष्मालाई फिल्म नपाएको झोक पनि पोखेको हुनसक्छ ।
उमेश उप्रेती निर्मित ‘संजोग’ मा सुष्मा पहिलोपटक सविन श्रेष्ठसँग अनस्क्रिन रोमान्स गर्दैछि । यो नारी प्रधान एक्शन चलचित्र हो । निर्माता उप्रेतीका अनुसार चलचित्रमा त्रिकोणात्म्क प्रेमकथा रहेको छ । ‘संजोग’ लाई दर्शकले रुचाउँने दावी समेत निर्माणपक्षको छ ।

Comments