सपनाबिहिन तीनपटक बिमोचित
screennepal
प्रकाशित: २०७३, १२ श्रावण बुधबार
no img

काठमाडौं, १२ साउन । उपन्यासकार प्रेम पाख्रिनको उपन्यास सपनाबिहिन गत चैत्र महिनामा काठमाडौंमा विमोचन गरिएको थियो । काठमाडौंमा बिमोचनपछि उक्त कृतिको साउदी अरबियाको राजधानी रियाधमा र साउदीकै खोबरस्थित डि एक्स एन कार्यालयमा विमोचन भएको छ । पाख्रिनको सपनाबिहिनको बिमोचन (महल) हलमा स्वास्थ्यसम्बन्धी बिशेष कार्यक्रमको अबसर पारेर गरिएको थियो ।

13709760_1059310920789943_5712187663503541460_n
पहिलो उपन्यास ‘लक्ष्य’बाट पाठकको मन मष्तिस्कमा बस्न सफल पार्खिनले दोस्रो कृति सपना बिहिन मार्फत आफ्नो सशक्त उपस्थिति देखाएका छन् । उनले अब छिट्टै अर्को उपन्यास पनि पाठकमाझ ल्याउने तयारीमा आफू रहेको बताएका छन् । विदेशका आधा दर्जन भन्दा बढी ठाउँहरुमा आफ्नो उपन्यासको हार्ड कपि नै पु¥याएका पाख्रिनले ति ति ठाउँहरुमा पुस्तक पु¥याउन सहयोग गर्ने सबैमा धन्यवाद पनि दिएका छन् ।

Comments