तस्बिरमा यस्तो देखियो ‘द वीनर’ (फोटोफिचर)
screennepal
प्रकाशित: २०७३, १० श्रावण सोमबार
no img

काठमाडौं, १० साउन । यतिखेर चलचित्र ‘द विनर’ को गीत र टिजर चर्चामा छ । हलिउडशैलीमा निर्माण गरिएको यस चलचित्रको निर्देशन हिक्मत बिष्टले गरेका हुन् । अहिले यो चलचित्रको डबिङ भइरहेको छ ।

The Winner Shooting 2
यस चलचित्र नायक महेशमान श्रेष्ठले अष्ट्रेलिया, दुबई र नेपालमा छायांकन गर्दाको तस्विर सार्बजनिक गरेका छन् । उनी यसै चलचित्रमार्फत रजतपटमा डेब्यु गर्न लागेका हुन् । केहि समयअघि आयोजित कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राईलगायतका चलचित्रकर्मीले चलचित्रको टिजर र गीतको प्रसंसा गरेका थिए ।

The Winner Shooting12
नायक श्रेष्ठले ‘द विनर’लाई बलिउडस्तरको र तीन देशमा छायांकन गरिएको पहिलो नेपाली फिल्म भएको दाबी गरेका छन् ।

The Winner Shooting 10
यस चलचित्रमा महेशमानलगायत पुर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ र अमित गिरी मुख्य भुमिकामा छन् भने केही बिदेशी कलाकारले समेत अभिनय गरेका छन् । चलचित्रमा महेशमान र मलिनाको रोमान्स देख्न सकिनेछ । यो चलचित्र डायमण्ड स्टार फिल्मसको ब्यानरमा सुबोध ठकुरी, बिकास खरेल, रितेश राणाले निर्माण गरेका हुन् ।

The Winner Shooting 5

Comments