‘वृन्दाबन’ को आयो ‘यो मनको कुरा’
screennepal
प्रकाशित: २०७३, ९ श्रावण आईतवार
no img

bindraban2ff

काठमाडौं । चलचित्र ‘बृन्दावन’ को ‘यो मनको कुरा’ बोलको गीत सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमबीच चलचित्रको दोस्रो गीत सार्वजनिक गरिएको हो । यस गीतमा डेबिड शंकर र प्रविशा अधिकारीको स्वर रहेको छ । चलचित्रमा विकास चौधरीको संगीत रहेको छ ।
रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको ‘वृन्दाबन’ १७ भदौमा देशभर प्रदर्शनमा आउँदैछ । रुद्र खनाल र कमल जिसी निर्माता रहेको चलचित्रको लेखक तथा निर्देशक राजबहादुर साने हुन् । चलचित्रमा बाँदर र शिल्पा पोखरेलको भरपुर एक्शन रहेको छ भने यसमा किशोर खतिवडा, दीपेन्द्र केसी, सुशील पोखरेललगायतको पनि मुख्य भूमिका रहेको छ ।

Comments