‘मनको गाँठो फुकाउने भिडियो’ प्रतियोगिता
screennepal
प्रकाशित: २०७३, ८ श्रावण शनिबार
no img

काठमाडौं, ८ साउन । चलचित्र ‘गा“ठो’ले आफ्नो प्रमोशनल गीतको भिडियो प्रतियोगीता गर्ने भएको छ । ‘मनको गा“ठो फुकाउने भिडियो कन्टेस्ट’ नाम दिइएको उक्त प्रतियोगीताका बिजयीले नगद एक लाख पाउने बताइएको छ । यु–ट्युबमार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत अनुपम शर्माको रहेको छ । अनुपमकै गायन रहेको यसमा प्रशान्त शर्मा र रञ्जित बस्नेतले गायनमा साथ दिएका छन् ।

ggg
प्रतियोगीतामा भाग लिन चाहने प्रतियोगीले गीत डाउनलोड गरी भिडियो बनाएर पठाउन सक्नेछन् । यसरी पठाइएको भिडियोलाई यु–ट्युवमा राखिनेछ र उत्कृट भिडियोलाई पुरस्कृत गरिने जनाइएको छ ।
भाद्र ३१ गते प्रदर्शन मिति तोकिएको फिल्मको प्रदर्शन मितिकै दिन प्रतियोगीताको निर्णय सार्वजनिकसहित पुरस्कृत गरिनेछ । फिल्ममा कुनैपनि गीत नभएको भएपनि प्रमोशनका लागि गीतको प्रयोग गरेको भन्दै भिडियो बनाएर आफ्नो प्रतिभा प्रस्फुटन गराउन चाहने युवालाई हौसला प्रदान गर्न यो प्रतियोगीताको आवहान गरेको फिल्मका निर्देशक सुरज भुषाल बताए ।
नाजिर हुसेनको प्रमुख भुमिका रहेको यस चलचित्रमा नम्रता श्रेष्ठ र अभय बराललगायतको पनि मुखय अभिनय छ । बटवाल इन्टरटेन्मेन्ट को ब्यानरमा बनेको फिल्ममा तिलक बहादुर क्षेत्री, सुरज भुषाल नृपेन्द्र राज जोशीको लगानी रहेको छ ।

Comments