किरातीको ‘ओबानोमा खस्ने मन…’ (भिडियासहित)
screennepal
प्रकाशित: २०७३, ६ श्रावण बिहीबार
no img

काठमाडौं, ६ साउन । गायक तथा संगीतकार राकेश किराती यतिबेला म्युजिक भिडियोको निर्देशनमा व्यस्त भएका छन् । पुर्वमा बन्ने अधिकांश म्युजिक भिडिया उनको हात मा हुन्छ । निर्देशक किरातीले यस हप्तामात्र ६ वटा भिडियो शुट गर्न भ्याए । सातामै ६ वटा भिडिया गरेपछि उनी झनै र्चामा आएका छन् । यसैक्रममा उनले हालै एउटा गीत सार्वजनिक गरेका छन् ।
यस गीतको भिडियोमा पुर्वको सुन्दर नगरी धरान र धरान आसपासका प्राकृतिक मनोरमले दृश्यलाई समेटिएको छ । किरातीकै संगीतमा रहेको यस गीतमा ‘स्टेज किङ’ का रुपमा चिनिँदै आएका गायक तथा संगीतकार बिनोद खम्बुको आवाज सुन्न सकिन्छ । ‘ओबानोमा खस्ने मन’ बोलको यो गीतको शब्द सिक्किमका गीतकार चन्द्र राईले कोरेका हुन् । किरातीको निर्देशन रहेको यो भिडियोमा राजन मिभाक, इस्मी नेम्बाङ र मेरिना तुम्सालाई फिचरिङ गरिएको छ । भिडियोलाइ बुद्ध थापाले सम्पादन गरेका हुन भने छायांकन श्रीकुमार साम्पाङले गरेका छन् ।

https://www.youtube.com/watch?v=rTzJmldVXGI

Comments