सविन–सुष्माको अनस्क्रिन रोमान्सको ‘संजोग’ (प्रोमोसहित)
screennepal
प्रकाशित: २०७३, ५ श्रावण बुधबार
no img

काठमाडौं, ५ साउन । चलचित्र ‘संजोग’ अभिनेता सविन श्रेष्ठ र अभिनेत्री सुष्मा कार्कीका लागि संयोग बनेको छ । यी दुई कलाकार पहिलोपटक ‘संजोज’मा भेटिएका छन् । ‘संजोग’ मा सविन र सुष्माको अनस्क्रिन रोमान्स देख्न पाइनेछ । नेपाली चलचित्र क्षेत्रकी हट अभिनेत्री सुष्मा र सविनको अनस्क्रिन रोमान्स हेर्नलाई अब धेरै दिन बाँकी छैन । ‘संजोग’ यही १४ साउनबाट देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

sabin-usma
सुष्मा अभिनीत चलचित्र प्रदर्शनमा ग्याप भइरहेका बेला उनी ‘संजोग’मा देखिन लागेकी हुन् । सविन र सुष्माको जोडीलाई निर्माणपक्षले प्रमोसनको अस्त्र बनाएका छन् । हुन पनि ‘संजोग’ मा यी जोडी निकै जमेका छन् ।
उमेश उप्रेतीको निर्माण रहेको यस चलचित्रलाई बेदप्रसाद भूर्तेलले निर्देशन गरेका हुन् । निर्माता उप्रेतीका अनुसार ‘संजोग’ नारीप्रधान एक्शन चलचित्र हो । चलचित्रमा त्रिकोणात्मक प्रेमकथा हेर्न सकिन्छ । ‘संजोग’ बाट निर्माता उप्रेती आशावादी छन् । हाल चलचित्र प्रमोसनमा ब्यस्त रहेका उनले भने, ‘सविन र सुष्माको केमेष्ट्रिले गर्दा पनि चलचित्र दर्शकले रुचाउँछन् भन्ने लागेको छ ।’
युजेस फिल्मस् प्रालिको ब्यानरमा निर्मित ‘संजोग’ मा सविन र सुष्माका अलावा प्रज्वल गिरी, पुष्कर भट्ट र खगेन्द्र उप्रेतीको पनि मुख्य अभिनय छ । उज्वल थेबे लिम्बु र कुमार विविाहितको संगीत रहेको ‘संजोग’ मा गोविन्द राईको नृत्य, चन्द पन्तको द्वन्द्व र हरिनारायण चौधरीको छायांकन रहेको छ । चलचित्रको अधिकांश छायांकन पूर्वमा गरिएको हो भने केही काठमाडौं र आशपासमा गरिएको छ ।

Comments