‘लोभ’ नगर्न बालबालिकालाई देखाइयो नाटक
screennepal
प्रकाशित: २०७३, ४ श्रावण मंगलवार
no img

काठमाडौं, ४ साउन । जोरपाटीको नयाँबस्तीस्थित ख्वापा नाट्यशालमा  नाटक ‘लोभ’ मञ्चन भएको  छ । स्कुलका भाईबहिनीलाई लिएर सो नाटक मञ्चन गरिएको हो । बालबालिकालाई लोभ गर्नुहुँदैन भन्ने सन्देश दिन नाटक देखाइएको हो ।

drama
नाटकमा तराईमूलको एक  पोके व्यापारी हुन्छ । उ तन्ना सिरकको खोल बेच्न गाउँ पस्छ । त्यसैबेला उसको पैसा हराउँछ र मेरो पैसा हरायो खोजीदिनु आग्रह गर्दै महाराजकहाँ जान्छ । महाराजले ठिक्छ म खोजी दिउँला भन्दै उसलाई घर जान आग्रह गर्दछन् । उसले हराएको पैसा बजारबाट आउँदै गरेकी एक बुढी आमाले भेट्छिन् र घरमा जान्छिन् । घरमा पुगेपछि आफुले पैसा भेटेको नातिनीलाई सुनाउँछिन् । नातिनीले यो पैसा कसैको हराएको रे, महाराजकहाँ लग्यो भने बकस पाईन्छ रे भनेर सुनाउँछिन । त्यसैले उक्त रकम लिएर महाराजकहाँ पुराउँछिन । महाराजले पोकेलाई बोलाउँछन् र यो पैसा तिम्रो हो भनि सोध्छन् । पोकेले हो भन्छ । कति छ भनेर महाराजले सोध्छन् । पोकेले अरुलाई बकस दिन नपरोस भनेर पाँच हजारलाई बढाएर  छ हजार छ हजुर भन्छ । महाराजले भन्छन् यहाँ त पाँच हजार मात्रै छ त । हैन हजुर छ हजार नै छ भनी जिद्दी गर्छ । अन्त्यमा पोकेले झुट बोलेका कारण महाराजले पोकेलाई पैसा नदिई त्यही बुढी आमालाई दिन्छन ।
त्यसै गाउँमा  छुच्ची बुढी हुन्छे । जोगी भिक्षा भन्दै भिक्षा माग्छ । भोली देखी जोगी नआओस भनी भिक्षा त छैन भर्खर खीर पकाएको छु त्यही लैजाउ भन्दै भित्र गएर खीर पस्कन्छे र अलिकति बीस हालेर जोगीलाई दिन्छे । उक्त खीरमा बीस छ भन्ने कुरा जोगीलाई के थाहा ? त्यो खीर बोकेर कुटीमा लान्छ । साँझ एउटा मान्छे बास पाईन्छ भन्दै बास माग्छ । जोगीले साँझको पाहुना देउता हुन् भन्दै बास दिन्छ । भोकाएको हौला मसँग खानेकुरा दिन्छ । भोकाएको झोकमा खान्छ र खाँदा खाादै छटपटिन्छ र अन्त्यमा मर्छ ।उत्त कुरा गाउँ भरी फैलन्छ र त्यो बुढीले नी थाहा पाउछे रमाउदै उत्त घटना भएको ठाउँमा जाँदा त आफ्नै छोरा भएको देख्छे र आइन्दा लोभ नगर्ने बाचा गर्छे ।
नाटकलाई विनोद खड्का र रवि कार्कीले लेखेन तथा निर्देशन गरेका हुन् । रोसन डोटेल, पुष्पा लामा, सविना सिंह ठकुरी, रिया लामा, अंकित गुरुङ,उमेश लामा निमा शेर्पा,मनिषा सुनुवार,जुनु तामाङ,दिलीप ओली, सुसांग योञ्जन, बुद्धिमान तामाङ, कविता तामाङ, रुपा मगर, विशाल साप्कोटा, सुशान्त तामाङलगायत अभिनय गरेका थिए ।

Comments