हिप–अपले देश–विदेश खाँदै भरत
screennepal
प्रकाशित: २०७३, ४ श्रावण मंगलवार
no img

काठमाडौं, ४ साउन । पछिल्लो समय नेपाली गीतसंगीतको पनि दायरा फराकिलो हुँदै गएको छ । यसमा भविष्य देख्नेहरुको ठूलै जमात छ । यस्तैमध्ये एक हुन् हिप–पप गायक भरत समारी । भरत अहिले देश–विदेशका स्टेजहरुमा ब्यस्त हुँदै आएका छन् । भरत अहिले कार्यक्रमका लागि मलेशियामा पुगेका छन् । उनले त्यहाँ नेपालीमाझ आफ्ना प्रस्तुती दिइरहेका छन् ।

New Image
सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका हिप पप गायक भरतले २०१४देखि यो क्षेत्रलाई अंगालेका हुन् । नेपालगञ्जमा जन्मेका गायक समारी छोटो समयमा नै नेपाली सांगीतिक फाटमा जम्न सफल देखिन्छन् । सागीतिक क्षेत्रमा लागेर नाम दाम कमाउने रहर सबैलाई हुन्छ । त्यसै माथि आफु स्टार भएर सबैको वाहा वाहा हुने मन कसलाई पो हुँदैन र ? नेपाली सांगीतिक क्षेत्रमा लागेर खाली हात राजधानी छिरेका कलाकार राम्रै ब्यवस्था गरेर बस्न सक्ने भएका छन । कति सांगीतिक क्षेत्रमा लागेर जिवन यापन गर्न नसकिने भन्दै बिदेश पलाएन पनि नभएका भने होइनन यद्दपी कलालाई सम्मान गरेर संर्घष गर्नेहरुले भने मनग्गे नाम र दाम कमाइरहेका छन । यसैका एक राम्रो उदारण हुन् गायक समारी ।
दुई वटा गीति एल्बम बजारमा लिएर आइ सकेका हिप पप गायक भरतले सयौं स्टेज प्रोग्राम, महोत्सबहरुमा आफ्नो जादुमय कला देखाई सकेका छन् । स्वदेशका साथै विदेशमा मलेसिया, थाईल्याण्डमा आफ्नो प्रस्तुति गरि सकेका गायक अब चाडै दुबई र यूरोपमा पनि आफ्नो प्रस्तुति दिन जान लागेको बताउँछन् । उनले बलिउडको एक चलचित्रका लागि पनि हालै गीत गाएका छन् ।

Comments