काठमाडौं, ३ साउन । याक्थुङ मुनचइत फोजुम ‘लिम्बू चलचित्रकर्मी संघ’ मा निर्देशक सुर्यप्रकाश चेम्जोङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । आइतबार ललितपुरस्थित चुम्लुमहिममा सम्पन्न तेस्रो अधिवेशनले चेम्जोङको अध्यक्ष्ताका सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।
मुनचइतको नयाँ कार्यसमितिमा उपाध्यक्षमा सिर्जना सुब्बा र रवि शेर्मा, महासचिवमा विक्रम फागो वनेम, सचिवमा दिनेश माङ्मु र कोषाध्यक्षमा राजुशुक्र लिम्बु चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा लोकेन साँवा लिम्बु, सुरेश वनेम, सिर्जना निङ्लेखु, लोलिम पोमु र सागर केरुङ रहेका छन् भने निर्देशक नविन सुब्बा, कल्पना योङ्हाङ र राजकुमार आङ्देम्बेलाई मुनचइतको सल्लाहकारमा राखिएको छ ।
यस अधिवेशनले याक्थुङ मुनचइतको नाममा समेत संशोधन गरिएको छ । यसअघि मुनचइत चोःक सयङ थियो । त्यसलाई संशोधन गर्दै याक्थुङ मुनचइत फोजुम बनाइएको अध्यक्ष चेम्जोङले बताए ।