बन्ने भो ‘दिपज्योती’
screennepal
प्रकाशित: २०७३, २ श्रावण आईतवार
no img

काठमाडौं, २ साउन । चलचित्र ‘दिपज्योती’ बन्ने भएको छ । यो चलचित्रको शनिबार एक कार्यक्रबचि शुभमुर्हत गरियो । ५ साउनबाट फ्लोरमा जाने बताइएको यस चलचित्रको मुर्हुत उद्योग राज्यमन्त्री मेघराज नेपाली (निषाद)ले गरेका थिए ।

deepjoty3
कार्यक्रममा मिरा बाँनियाक्षेत्री खड्काले क्यामराको स्वीचअन, चलचित्र बिकास बोर्डका सदस्य उत्तम केसीले क्लाप र दीपेन्द्र कोइरालाले नरिवल फुटाएर मुर्हत गरिएको यस चलचित्रको निर्देशक राजु अर्यालले गर्दैछन् । चलचित्रमा प्रमोद दिप, दिपेन्द्र कोइराला, प्रज्वोल गिरी, कसिस दाहाल, जेनिसा केसी, वासना शाही र बालकलाकार आर्सन खड्का र प्रिति चापागाईको अभिनय रहने भएको छ ।
एनपि फिल्मस् प्रोडक्सनको छैटौ यस चलचित्रमा प्रस्तुति तथा अनिशकुमार मैनालीको प्रस्तुती र निर्माण दीपेन्द्र कोईराला, मिरा बाँनीया क्षेत्री खड्का, सह निर्माता बसरुदिन अन्सारी रहेका छन् । चलचित्र त्रिकोणत्मक प्रेमकथामा आधारित हुने बताइएको छ ।

Comments